२२ अग्निपीडित परिवारलाई राहत
जिल्लामा आगलागी पीडित २२ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । प्युठान नगरपालिकाको १० परिवार र माण्डवी गाउँपालिकाको १२ परिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।
१२ उत्तीर्ण गरी विहे गर्ने महिलालाई सम्मान
जिल्लाको निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएर विवाह गरेका महिलाहरुलाई सम्मान गरेको छ ।
वैदेशिक रोजगारमा ठगी बढ्दै
वैदेशिक रोजगारीका लागि युएई पठाउने भनेर काठमाडौँ बस्ने दाङको लमही निवासी दामोदर पोख्रेलले ठगी गरेको भन्दै पाँच जना युवाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । घोराही उपमहानगरपालिका–५, भैँसापथ्रा निवासी डम्बर डाँगीको तीन लाख, ओमबहादुर डाँगीको तीन लाख, गोपाल डाँगीको दुई लाख ५० हजार, तुलसीपुर–९, बेलुवाका ओजबहादुर भण्डारीको दुई लाख र सोही ठाउँका वसन्त थापाको एक लाख ९० हजार रुपियाँ ठगी भएको पीडितले यही जेठ ६ गते उजुरी परेको हो । विदेश पठाउने भन्दै रकम असुलेका पोख्रेलले हुन्छ भन्दै वर्षदिनभन्दा बढी झुलाउने र फोन गर्दा नउठाउने गरेपछि उहाँहरूले जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको सुरक्षित आप्रवासन कार्यक्रमको सूचना तथा परामर्श केन्द्रमा उजुरी दिनुभएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आफ्नै भवन नहुँदा प्रहरीलाई समस्या
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चौकी फत्तेपुर ‘क’को आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई समस्या परेको छ । प्रहरीको नियमित कार्यालय सञ्चालनसमेत गर्ने कोठा नहुँदा सास्ती व्यहोर्नु परेको हो । प्रहरी चौकी फत्तेपुर ‘क’ स्थायी प्रहरी चौकी हो ।
गुल्मीका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइने
गुल्मीमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत झण्डै ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ ।
गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त
देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित नेपालगन्जमा केही दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी भएको जल तथा मौसम विभाग कार्यालय कोहलपुरले जनाएको छ।
क्यान्सरपीडितलाई आठ लाख सहयोग
कोहलपुर नगरपालिका –१० मा रहेको जीवनज्योति विद्यालयले प्राणघातक रोग ब्लड क्यान्सरबाट पीडित आफ्नो स्कुलका एक जना बिद्यार्थीको उपचारमा आठ लाख रुपियाँ बढीको सहयोग गरेको छ ।
सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन
बाँकेको राप्तीसोनारी वडा नं. ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४सै घण्टा प्रसूति सेवा सञ्चालनमा सहज र अनियमित विद्युत आपूर्ति हुँदा पर्ने समस्याहरूको समाधान हुने भएको छ ।
ढोरपाटन सिकार आरक्षको राजस्व र पर्यटक बढ्दै
रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रम जारी छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजश्व सङ्कलन भएको छ ।
चिसापानीमा बस दुर्घटना, २३ जना घाइते
दाङको लमही–कोइलाबास सडक खण्डअन्तर्गत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।
अत्यधिक गर्मीले 'आइपिभी' खोप अभियान प्रभावित
अत्यधिक गर्मीका कारण बाँके जिल्लामा पोलियो रोग विरुद्धको आइपिभी खोप दिने अभियान प्रभावित भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रचण्ड गर्मी र तातो हावा लु का कारण नेपालगन्ज, कोहलपुर र बैजनाथ गाउँपालिकाका विद्यालयहरूमा पाँच दिन बिदा गरिएकोले सो अभियान प्रभावित भएको हो ।
रुपन्देहीमा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र
रुपन्देहीका विभिन्न नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएपछि सम्झौताविपरीत उत्खनन र अवैध रुपमा ढुवानी कार्य समेत गर्न थालेको पाइएको छ ।
एक जना प्राविधिक सहायकको भरमा तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण
नेपालगन्जको प्रमुख तरकारी मण्डी रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ ।
आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
बाँकेको राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।
संरक्षणको पर्खाइमा क्रान्ति सङ्ग्रहालय
तुलसीपुर उपमहानगरपालिका –१९ सक्राममा रहेको क्रान्ति सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ ।२०६२–६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) का सेनालाई व्यवस्थापन गर्न दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो ।
गणतन्त्रको रक्षा गर्न सामूहिक प्रयास आवश्यक
मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको शक्ति भएको बताउनुभएको छ । १७ औँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सामूहिक प्रयास र सहकार्यबाट राजनीतिक व्यवस्था परिवर्तन गर्न सकिएको बताउनुभयो ।
रगत अभावले बिरामीलाई सास्ती
अत्यधिक गर्मी र तातो हावा ‘लु’ का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेका बिरामीको पनि प्रमुख उपचार गर्ने थलो बनेको नेपालगन्ज र कोहलपुरमा रगत अभावले बिरामीलाई समस्या हुन थालेको बताउनुभयो ।
हावाहुरीका कारण ४७ घरमा क्षति
कपिलवस्तुमा हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । विजयनगर गाउँपालिकाको ४ वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्क अद्यावधिक
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्कको अद्यावधिक गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
ऐन कार्यान्वयनका विषयमा स्थानीय स्तरमा पुग्दै चिकित्सक
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन जारी भएको १६ वर्ष पुग्यो । स्वास्थ्यकर्मी र संस्थामाथि पटक-पटक दुर्व्यवहार आक्रमणका घटना बढ्दै गएपछि २०७९ सालमा पहिलो पटक संशोधन भएको छ । पहिलो पटक संशोधन भएपछि एक जनालाई मात्रै कारबाही भएको छ ।
उत्कृष्ट पत्रकारिता सम्मान गोरखापत्रकर्मी पौडेललाई
गोरखापत्र दैनिकका भैरहवा संवाददाता लक्ष्मण पौडेल एक लाख रुपियाँ राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
बाँकेका आठ स्थानीय तहको बेरुजु ६४ करोड ७२ लाख भन्दा बढी
बाँके जिल्लाका आठवटा स्थानीय तहको बेरुजु ६४ करोड भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७९-८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको बेरुजु ६४ करोड ७२ लाख भन्दा बढी भेटिएको तथ्याङ्क महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको हो ।