सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयन गर्न प्रजिअको ध्यानाकर्षण
सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् ।
नदीजन्य पदार्थ दोहन रोक्न समन्वय समितिको ध्यानाकर्षण
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थित राप्ती नदीमा गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै उक्त कार्यलाई तत्काल रोक्नुपर्ने मागसहित जिल्ला समन्वय समिति बाँकेको ध्यानाकर्षण गराइएको छ ।
गणतन्त्र दिवसमा घोराहीमा प्रभातफेरी
१७ औँ गणतन्त्र दिवसका अवसरमा मङ्गलबार घोराहीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति दाङको आयोजनामा कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
नेपालगन्ज र कोहलपुरका विद्यालय पाँच दिनका लागि बन्द
अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् ।
सीमा सुरक्षा प्रहरी चौकी
दाङको राजपुर गाउँपालिका–७ स्थित डगमारामा नेपाल भारत सीमानामा रहेको अस्थाई प्रहरी पोष्ट । सोही क्षेत्रका डिल्लीबहादुर नेपालीको घर भाडामा लिएर नेपाली प्रहरीले सीमा सुरक्षा गर्दै आएका छन् ।
सूर्योदय
दाङको घोराही उपमहानगरपालिका(१५ स्थित बिपी चोकबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य ।
विनियोजन विधेयकमाथि छलफल : कृषिलाई प्राथमिकता, कार्यान्वयनमा समस्या
आइतबार लुम्बिनी प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्ष २०८१/८२ को प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता छलफल सुरु भएको छ । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको थियो । सरकारले पेस गरेको बजेटको सिद्धान्त र प्राथमिकताको बारेमा सभामुख तुलाराम घर्तीमगरले जेठ १४ गते र १६ गते दुई दिन बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि समय निर्धारण गर्नुभएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री आचार्यले बजेट तर्जुमाको प्रमुख आधारका रूपमा दिगो आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण, सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, स्रोतसाधनको परिचालनमा मितव्ययिता रहेको बताउनुभयो ।
पैसा कमाउन ‘बुकी’ तिर
जिल्लाका विभिन्न बुकी (पाटन) मा बहुमूल्य जडीबुटी यार्चागुम्बा पाइन्छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१, २ र ३ नम्बर वडाका विभिन्न बुकी (पाटन) मा यार्चा पाइन्छ । यस वर्ष प्रतियार्चाको पाँच सयदेखि एक हजार रुपियाँसम्म भाउ गएको छ । यार्चा टिप्ने याम सुरु भएसँग सम्बन्धित वडावासी तथा त्यस आसपासका बासिन्दा अहिले यार्चा पाइने बुकी पाटनमा पुगेका छन् । यार्चा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले यहाँका स्थानीय अहिले बुकीतिर गएका हुन् ।
नेपालगन्ज भन्सारद्वारा एकाउन्न प्रतिशत मात्र राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो तथा अहम नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ । केही वर्षपहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आव २०८०/८१ को १० महिनामा निर्धारित वार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजस्व असुली भएको छ ।
अख्तियारमा गुल्मीका डेढ सयभन्दा बढी उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका डेढ सयभन्दा बढी उजुरी परेका छन् ।
मर्यादा विपरीत काम गर्ने दुई शिक्षक पदमुक्त
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।
अत्यधिक गर्मीले तीन दिन विद्यालय बन्द
कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
पाल्पाका स्थानीय तहको बेरुजु २७ करोड ९० लाख ९२ हजार
पाल्पाका स्थानीय तहमा आर्थिक वर्ष २०७९-०८० मा २७ करोड ९० लाख ९२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९-०८० को लेखापरीक्षण भएको कुल रकममध्ये २ दशमलव १८ प्रतिशत बेरुजु देखिएको हो ।
अवैध उत्खनन रोक्न अनुगमन
बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने मानखोलाको अनुगमन गरिएको छ ।
नेपालगन्जबाट लक्ष्यभन्दा आधा मात्र राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व संकलन गर्न सकेको छ ।
नेपालगन्ज नाकाबाट बढ्याे तस्करी
यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्रयाएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी नै छ ।
रुपन्देहीमा २०७ उद्योग बन्द
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो ।
आठ वर्षमा पनि बनेन पुल
२०७३ सालमा स्वर्गद्वारी नगरपालिकाको माडी नदीमाथि बनाउन थालिएको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीले भिङ्ग्री–जुलुके–नल्सी पक्की पुल निर्माणमा ढिलाइ भएको हो । “पक्की पुल बन्ने भयो भनेर हामी निकै खुसी भएका थियौँ,” स्थानीय शरद विष्टले भन्नुभयो, “तर, यतिका वर्षसम्म पनि पुल निर्माण भएन ।” पुल निर्माण समयमै नहुँदा स्थानीय निराश भएको उहाँले बताउनुभयो ।
चट्याङ लागेर महिलाको मृत्यु
बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।
उड्न खोज्दा घाइते हुन्छन् गिद्धका बचेरा
प्रकृतिका कुचीकार मानिएका विश्व दुर्लभ गिद्धका बचेरा उडान भर्न सिक्दा घाइते अवस्थामा फेला परेका छन् । लुम्बिनी प्रदेशको दाङ र कपिलवस्तुमा डंगर गिद्धका बचेरा घाइते अवस्थामा फेला परेका हुन् ।
कपिलवस्तुमा 'आईपिभि' खोप अभियान
कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ ।
गर्मीका कारण विद्यालय पाँच दिन बन्द रहने
तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।
बाँकेमा पोलियो विरुद्धको 'आईपिभी' खोप अभियान सुरु
बाँकेमा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको 'आईपिभी' खोप दिने अभियान जिल्लाका आठ वटै पालिकामा सुरु गरिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगको २४ वर्ष : अझै सुनुवाइ भएनन् द्वन्द्वकालीन उजुरी
राष्ट्रिय मानवअधिकार आयोग स्थापना भएको २४ वर्ष पुगेको छ । आयोगले जेठ १३ गते २४औं वार्षिकोत्सव वर्ष विविध कार्यक्रम गरी मनाएको छ ।