रमेश विश्वकर्मा
गुल्मी, जेठ १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका डेढ सयभन्दा बढी उजुरी परेका छन् ।
चालू आर्थिक वर्षको जेठ १३ गतेसम्मको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको तथ्यांक अनुसार यस जिल्लाका १२ स्थानीय तहसँग सम्बन्धित १६२ उजुरी दर्ता भएको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
तम्घासमा भएको भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रियमा उहाँले यस्तो तथ्यांक प्रस्तुत गर्नुभयो । दर्ता भएका कुल उजुरीमध्ये ९४ उजुरी फर्स्योट भएका छन् । ६८ उजुरी फर्स्योट हुन् बाँकी रहेको तथ्यांकमा उल्लेख छ । अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभएको तथ्यांकमा रेसुङ्गा नगरपालिकाको ३२ उजुरी दर्ता भएको उल्लेख छ ।
जसमा २१ उजुरी फर्स्योट भएका छन् भने ११ उजुरी फर्स्योट हुन् बाँकी रहेको बताइएको छ । चालू आर्थिक वर्षको जेठ १३ गतेसम्म मुसिकोट नगरपालिकाको दश उजुरी दर्ता भएको छ । जसमा चार उजुरी फर्स्योट भएका छन् भने छ उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ ।
मालिका गाउँपालिकाको दर्ता भएका २९ उजुरीमध्ये १९ उजुरी फर्स्योट भएका छन् भने दश उजुरी फर्स्योट हुन् बाँकी रहेको तथ्यांकमा उल्लेख छ । धुर्कोट गाउँपालिकाको दर्ता भएका २२ उजुरीमध्ये १७ उजुरी फर्स्योट भएका छन् भने पाँच उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ । मदाने गाउँपालिकाको दर्ता भएका १५ उजुरीमध्ये आठ उजुरी फर्स्योट भएका छन् भने सात उजुरी फर्स्योट हुन् बाँकी रहेको बताइएको छ । इस्मा गाउँपालिकाको दर्ता भएको १४ उजुरीमध्ये दुई उजुरी फर्स्योट भएका छन् भने १२ उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ ।
कालीगण्डकी गाउँपालिकाको दर्ता भएका ११ उजुरीमध्ये छ उजुरी फर्स्योट भएका छन् भने पाँच उजुरी फर्स्योट हुन् बाँकी रहेको छ । गुल्मीदरबार गाउँपालिकाको दर्ता भएका नौ उजुरीमध्ये पाँच फर्स्योट भएका छन् भने चार उजुरी फर्स्योट हुन् बाँकी रहेको तथ्यांकमा उल्लेख छ । सत्यवती गाउँपालिकाको दर्ता भएको सात उजुरीमध्ये तीन उजुरी फर्स्योट भएका छन् भने चार उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ ।
छत्रकोट गाउँपालिकाको दर्ता भएको पाँच उजुरीमध्ये पाँच उजुरी फर्स्योट भएको अध्यक्ष पाण्डेद्वारा प्रस्तुत गरिएको तथ्यांकमा उल्लेख छ । रुरुक्षेत्र गाउँपालिकाको दर्ता भएको पाँच उजुरीमध्ये तीन उजुरी फर्स्योट भएका छन् भने दुई उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ । चन्द्रकोट गाउँपालिकाको दर्ता भएको तीन उजुरीमध्ये एक उजुरी फर्स्योट भएको छ भने दुई उजुरी फर्स्योट हुन् बाँकी रहेको उल्लेख छ ।