परीक्षणका लागि कृषकको प्याजखेती
गुल्मीको धुर्कोट गाउँपालिका –६, चौरासीका रोमाकान्त भण्डारीले यहाँ परीक्षणको रुपमा प्याजखेती सुरु गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा भाडामा लिएर पहिलो पटक यहाँ प्याज खेती सुरु गर्नुभएको हो ।
फरक क्षमता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा कमजोर
गुल्मीमा एक कार्यक्रमका सहभागीहरुले फरक क्षमता भएका व्यक्तिहरुको लागि संविधानमा धेरै हक अधिकारको व्यवस्था भएपनि कार्यान्वयनको पाटो भने कमजोर भएकाे गुनासो गरेका छन् ।
विद्युतीय अपराध बढ्दै
रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न खालका अपराध बढ्दै गएको र त्यसमा बालबालिका तथा महिला बढी पीडित बन्न पुगेको बताइएको छ ।
मध्यपहाडी राजमार्गको कालोपत्रे अलपत्र
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको सडकखण्डमा कालोपत्रेको काम अलपत्र पारिएको छ । भूमे गाउँपालिका–१, लुगुमदेखि बागलुङसँगको सिमाना पातिहाल्नेसम्मको १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोटदेखि रुकुमपश्चिमसम्मको सात किलोमिटर खण्डमा कालोपत्रेको काम अलपत्र अवस्थामा छ ।
राप्तीमा एमबिबिएस पढाउने तयारी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको सात वर्षपछि एमबिबिएस तहको अध्यापन गराउने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबिबिएस कार्यक्रमको पाठ्यक्रमसमेत तयार गरेको छ । चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभएको छ ।
बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाइँदै
लुम्बिनीमा २५६८ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले बुुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउन विशेष तयारी गरेको छ । कोषले पत्रकार सम्मेलन गरी उक्त दिवस तीन दिन विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको जनाएको छ । जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलन उद्घाटन गर्नुहुने बताइएको छ ।
हावाहुरीले बाँके र बर्दियामा ठुलो क्षति
सोमबार साँझ बाँके र सो वरिपरिका जिल्लामा आएको भीषण हावाहुरीबाट विभिन्न स्थानमा जस्तापाता र फुसका छाना उडाएको छ भने धेरै ठाउँमा पर्खाल भत्काउँदा ठुलो क्षति पुगेको छ।
'समृद्धि र विकासमा नेतृत्व लिनुस्'
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले विकास समृद्धिमा जनताको साथ लिनुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी चौधौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयता शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले युवाहरूलाई प्रभावकारी ढङ्गले परिचालन गर्नका लागि आग्रह गर्नुभयो ।
परम्परागत इनारको संरक्षणमा जुट्दै स्थानीय
गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरुमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् ।
हावाहुरीले विद्युतका दुई सय पोल र चार ट्रान्सफर्मर ढले, विद्युत् सेवा अवरुद्ध
बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सयभन्दा बढी विद्युतका पोल र चार वटा भन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको बिद्युत् सेवा अवरुद्ध भएको छ ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन
लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी उत्पादन गर्ने, कृषि उत्पादन वृद्धि गर्ने र गाउँमा रोजगारी सिर्जना गर्ने अभियानका साथ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । प्रदेशका छ वटै जिल्लाका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्न दुई पक्षीय सम्झौता गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले यसअघि स्वीकृति प्रदान गरेको थियो । सम्झौता भएका पालिकामध्ये पाँच वटा कृषि, फलफूल, तरकारीसम्बन्धी, तीन वटा उत्पादन रोजगारी, दुई वटा पर्यटन र एउटा सेवा प्रवाहका काम सञ्चालन हुने आयोजना रहेका छन् ।
सडक ठेक्का रद्द गर्न माग
रुपन्देहीको बेलबासदेखि बेतहानीसम्मको करिब आठ किलोमिटर सडक निर्माणको काम बिचैमा अलपत्र पारेको भन्दै स्थानीयले ठेक्का रद्द गर्न माग गरेका छन् । बुटवलको बेलबासदेखि रुपन्देहीकै मायादेवी गाउँपालिकाको बेथरीसम्मको कुल २१ किलोमिटर सडक चार लेनमा विस्तारका लागि २०७३ साल असारमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । २०७६ साल असार मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने गरी वज्रगुरु कान्छाराम जेभीले ठेक्का लिएको थियो ।
बजार चलायमान बनाउने उपायको खोजी
बुटवल बजारमा आएको मन्दी र व्यवसायीको बढ्दो विस्थापन कसरी रोक्ने भन्ने विषयमा बुटवलमा बृहत् अन्तर्क्रिया गरिएको छ । रुपन्देही व्यापार सङ्घले आयोजना गरेको बुटवल बजार चलायमानका आधार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने व्यवसायीले बुटवल बजारमा आएको मन्दी र व्यवसायीको विस्थापन रोक्न स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले नयाँ योजना ल्याउन सुझाव दिइएको छ । व्यवसायीले स्थानीय सहर बजारको संरक्षण र विकासको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको हुँदा त्यसका लागि गम्भीर बन्न बुटवल उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।
एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत
नेकपा (एमाले) दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसहमत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमत चयन गरेको हो ।
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ
पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ ।
किसानलाई धानको उन्नत बीउ वितरण
कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले नगरपालिका भित्रका किसानलाई १० हजार ३५० किलो उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
‘तातो हावा परियोजना’ सुरु
४२ डिग्रीभन्दा बढी तापक्रम पुगेर अत्यधिक गर्मीको सामना गरिरहेका बाँके र बर्दियामा विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन ‘तातो हावा परियोजना’ सुरु गरिएको छ ।
रेबिजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण सुरु
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ ।
छोरी बसिन् बुवाको किरिया
दाङको लमही नगरपालिका –३ बनगाउँ निवासी २३ वर्षीया स्मृति केसी दिवंगत बुवा शेरबहादुर केसीको किरिया बस्नुभएको छ ।
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित
नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्नुभएको छ ।
नौ वटा मोटरसाइकलसहित चार पक्राउ
बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो ।
स्थापनाकालदेखि वडा सचिवविहीन!
पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् । गाउँपालिका स्थापनाकालदेखि नै १४ वडा रहेको पुथा उत्तरगङ्गाका सबै वडा सचिवविहीन अवस्थामै छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन् । वडा सचिवको जिम्मेवारी अर्थात् पञ्जिकाधिकारीको काम सम्बन्धित वडाका स्थायी स्वास्थ्यकर्मीले धान्दै आइरहेका छन् । गाउँपालिकामा पनि कर्मचारी अभाव छ । वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी छ तर हाल गाउँपालिका कार्यालयमा शाखागत नौ जना मात्रै कर्मचारी छन् भने सबै वडामा सचिव छैनन् । गाउँपालिकाको कृषि शाखामा एक, पशु शाखामा एक, शिक्षा शाखामा एक, प्रशासन शाखामा एक, योजना तथा अनुगमन शाखामा एक, महिला तथा बालबालिका शाखामा एक यसै गरी कम्प्युटर सहायक एक र स्वास्थ्य शाखामा दुई गरी जम्मा गाउँपालिकामा स्थायी कर्मचारी नौ जना मात्र रहेको गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद खड्काले बताउनुभयो ।
एमाले बाँकेको अध्यक्षमा गुरुङ र उपाध्यक्षमा खत्रीको जित नजिक
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदको जारी मतगणनामा निरक गुरुङले जित्ने करिब पक्का भएको छ । निरकले सोमबार बिहानसम्म गरिएको गणनामा १४५ मत प्राप्त गर्नुभएको छ ।
एमाले बाँके अध्यक्षमा बिसी र गुरुङबिच प्रतिस्पर्धा
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदका लागि निरक गुरुङ र डिल्ली बिसीबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन मण्डलका अनुसार आइतबार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुने तय भएको थियो ।