• १२ मंसिर २०८१, बुधबार

एमाले बाँकेको अध्यक्षमा गुरुङ र उपाध्यक्षमा खत्रीको जित नजिक

blog

कपा ९एमाले० बाँकेको अध्यक्ष पदको जारी मतगणना । तस्बिर : कमल खत्री

कमल खत्री
नेपालगन्ज, जेठ ७ गते ।
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदको जारी मतगणनामा निरक गुरुङले जित्ने करिब पक्का भएको छ । निरकले सोमबार बिहानसम्म गरिएको गणनामा १४५ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटप्रतिद्वन्द्वी डिल्ली विसीले ९० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपाध्यक्षमा रत्न खत्रीले १५० मत प्राप्त गर्दा रबिन्द्र लम्सालले ८५ मत पाउनुभएको छ । खत्री लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

सचिव पदमा बलराम भट्टराईले ९२ मत, खिलप्रसाद भुषालले ६७ मत, दत्तप्रसाद आर्चायले ४४ र भिम ओलीले २९ मत पाउनुभएको छ ।

महिला उपमहासचिव तर्फ निर्मला सुनारले १२४ मतसहित अग्रता लिदाँ रचना श्रेष्ठले ९७ र शारदा विश्वकर्माले २६ मत पाउनुभएको निर्वाचन मण्डलले जनाएको छ । उपमहासचिव खुलातर्फ भने किशोर थापा अगाडि रहेको निर्वाचन मण्डलले जनाएको छ । एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो ।

अध्यक्षमा लगायतका पदमा एकभन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्लीबिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गर्नुभएको थियो । मतगणना भइरहेको हलको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि केहि बेर विवाद भएको थियो ।

बाँके एमालेको नयाँ नेतृत्व छनोटका लागि ४६८ जना प्रतिनिधिमध्ये ४५८ जनाले मतदान गर्नुभएको थियो ।

जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसोसम्म आउने निर्वाचन अधिकृत भेषराज बस्नेतले बताउनुभयो ।

एमाले बाँकेको नेतृत्व चयनका लागि दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौं अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हासिल गर्नुभएको थियो ।