• १२ मंसिर २०८१, बुधबार

छोरी बसिन् बुवाको किरिया

blog

दिवंगत बुवाको किरिया बस्नुभएकी छोरी स्मृति केसी ।

दिवाकर पोख्रेल

देउखुरी, जेठ ७ गते । दाङको लमही नगरपालिका –३ बनगाउँ निवासी २३ वर्षीया स्मृति केसी दिवंगत बुवा शेरबहादुर केसीको किरिया बस्नुभएको छ । 

नेपाली समाजमा वंश धान्ने नाममा छोरा किरिया बस्ने चलन छ । यो चलनलाई तोड्दै स्मृतिले दिवंगत बुवा केसीको काजकिरिया गर्नुभएको छ । कुना बारेर सेतो पहिरनमा छोरासरह स्मृतिले काजकिरिया गर्नुभएको हो । 

स्मृतिका दाजु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । उहाँ आउन नसकेपछि स्मृतिले बुवालाई दागबत्ती पनि दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘छोराछोरी दुबै बराबरी हो भन्ने मान्यता मैले बोकेको छु, बुवा बिरामी हुँदा सबै रेखदेख पनि गरें । कुना बारेर किरिया बसेको छु ।’ 

केसीले समाजमा अझै पनि छोराछोरीमाथि भेदभाव कायमै रहेको बताउनुभयो । भेदभाव हटाउन पनि मैले यो आफूले किरिया बस्ने बताउनुभयो ।