भक्तपुरको प्रसिद्ध न्यातपौ मन्दिरभित्र स्थापित श्री सिद्धिलक्ष्मी माताको हस्तलिखित पौभा चित्र । यसले जीवनदर्शनमा आधारित मातृसत्तात्मक युगको अहम् वर्चस्वधारी युगीन अभिमुख संचेतना संवाहन गर्छ । शिवशक्तिलाई काबुमा राख्न सक्ने मनथा–वाचा–कर्मना मुद्रामाता सिद्धिलक्ष्मीले सम्वरण गरेको पौभा यो । गुरु–प्रोहित–कर्माचार्य–जोशीलगायतका घराना सिद्धिलक्ष्मीले वरण–सम्वरण गरेका ध्यानमुद्राका बौद्धिक मन्त्र आफैँमा निहित राख्दछन् । निहित राख्ने मनसाय लोकहितकारी बन्दैन । यथासम्भव तिनलाई लोकमुखीकरण गर्नु हाम्रो साझा–सामूहिक जीवन दायित्व बनेको स्वसिद्ध यथार्थ बन्छ ! त्यसमा पनि साझा लोकतन्त्रमा त ‘एक दिन नारद सत्यलोक पुगिगए लोकको गरुँ हित भनी’ आदिकवि भानुभक्तका उक्ति कण्ठाग्र छ । हाम्रो जीवनका मर्मभेदी रहेको मान्छु ।
साधनामन्त्र–तन्त्र–यन्त्र–जन्त्र आफूमै सीमित राख्नु कुण्ठा ठहर्छ । कुण्ठा सङ्कीर्णताको परिचयको उदार मनस्क भावना बौद्धिक चेतका सञ्जीवनी ! ‘उदार चरितातामत्तु वसुधैव कुटुम्बकम् !’ उदारपथगामियात्रा बाटो मेरो !!! ङाता पोल ! ङा=पाँच ! पोल=छाना ! पाँचतले छाना । देगः=देवल=मन्दिर । नेपाल भाषा एउटै व्युत्पत्तिमूलक । आदिम उद्भवकालमा एकै । यातायात असुविधा ! घना जङ्गल । हिंस्रक वन्यजन्तु । खोलानाला, खहरेको प्रकोप । गोही, साँप आदिका प्रबलता आदिले आवतजावतमा भयङ्कर त्रासदी । उहिले उहिलेका कुरोभन्दा आफ्नै बाल्यकालका भोगाइ ! खर्पनमा बसाली दुई जनाले नोल काँधमा बोकाई बागमती, मनोहरा, खासाङखुसुङ तरेको अझै झलझली आँखैमा !! त्यस परिवेशमा एकै भाषा भक्तपुर नगर, ठिमी, बोडे, काठमाडौँ, ललितपुर आसपासका ग्रामीण भेकमा बोलिने भाषाका लवज, ध्वनि, बोली, अलग्गिनु अस्वाभाविक हुन्न । हालको यत्रो छापा, श्रव्यदृश्य साधन, मोबाइल, डिजिटल अनेक साधनयुक्त युगीन अवतारले शताब्दीमा उहिलेको स्थिति बुझोस् नै कसरी ?
‘बुढा मर्छ कुरा सर्छ !’ उखान बुझून् नै कसरी ? वर्तमानले ! भुक्तमान गरून् नै कसरी ?
प्रसङ्गवश सिद्धिलक्ष्मी देवीको
पाँच पिँढी, छाना पाँच छाएकोमा मन
देवलको पिँढीसितै छानामा यो ज्यान
पिँधको आसन बनेको देखिन्छ भयङ्कर !
चार कोणमा चार गणेश स्थापना शोभनीय
यही शुभ, त्यही शुभ सिद्धिलक्ष्मी दर्शनै शुभ !
भजनको पहिलो पङ्क्तिले मन्दिर निर्माण परिवेश, भौगोलिक अवस्थिति, परिवेश बोध गराउँछ । दोस्रो हरफले भौतिक स्थिति बोध गराउँछ । पाँच पिँढी आसनको दुई अर्थ । एक आन्तरिक, दोस्रो बाहिरी । आन्तरिक अर्थ मन्दिरभित्र प्रतिस्थापित मूर्तिले आसनमाथि कुँदिएको रौद्र मूर्ति ! सिद्धिलक्ष्मी–नारी शक्ति ! नारी शक्तिसामु महादेव/रुद्र/भैरव बसिभूत हुने शाश्वत सत्यलाई इङ्गित गरेको छ । नारीको वर्चस्वशाली शक्ति महिमा गाउँछ मनमनै ! शाश्वतलाई विम्बात्मक अभिव्यञ्जना गरिएको छ ।
शाश्वत सत्य सर्वकालिक ! सदावहार–निरन्तर ! एक पुस्ताबाट अर्काेमा पुस्तान्तरण हुँदै नैरन्तर्य पाउँछ । पुस्तान्तरण प्रक्रियाका अन्तर्यसित युगान्तकारी पहलचहल घुसेको हुन्छ । अन्तरमनका उपासना मार्ग । यसलाई योगसाधक ध्यान योग मान्दा हुन् । पद्मासन मुद्रा चिन्तन तपस्या । एक घण्टा प्रभातकाल, उत्तिकै सँघार कालयोग पालना चर्याले उघ्रिन्छ मनमस्तिष्क ! सरोवरमा कमल फक्रे झैँ । दहमा माछा सलबलाउँदै ओजनदार बनेर हुर्के झैँ ! शालीन चर्या उपासना योग । वियोगलाई भगाउँछ दूर दुरान्त काखी च्याप्दै संयोग सापेक्ष तुल्याएर ।
मानवताका अवतार हामी बुद्धका गौतमी सन्देशवाहक ! सन्देश सहिष्णुभावको ! सहिष्णुभाव मिलन सरिताबोधक ! बुद्धका अष्टाङ्गमार्ग अन्तहीन दिशाबोधक ! बुद्ध जन्मेर लुम्बिनी राजकुलमा राज शुद्धोधन र मायादेवीका गर्भ गृहकोखबाट बौद्ध गयामा हासिल गरे । बने बुद्ध बने– वैश्विक– संसारव्यापी गोमध्येमा उत्तम कामधेनु समान ! विश्वव्यापी बुद्ध नेपाल र बोधगयामा कुण्ठित पार्नु सङ्कीर्ण भावका बारुले चाका कुम्ल्याउनुका विदीर्ण रूप !
बुद्धले लुम्बिनी राजकुलमा दैहिक लीलामय जीवन जन्म पाए । राजगृह त्यागे । बोधगया पुगी बोधिवृक्षमुनि ध्यान योग गरे– तपस्या ! गर्दै तपस्या बोधिज्ञान गरे हासिल ! लुम्बिनी–बोधगया समदुरी फासलामा ठान्छु । जन्मनु ऐहिक लीला ! बोधिसìव हासिल गर्नु, हुनु चिरनूतन– चिरन्तर लीला । भन्न मन लाग्छ त्यसैले बुद्ध नेपाल अनि बोधगया दुवैका साझा ! दुई मत त खिचलो तन्त्रका दूषित कुमति मात्र ! अहिले बुद्ध विश्वकै साझा वैश्विक शान्तिदूत । संयुक्त राष्ट्रसङ्घका नै अद्भुत ! शान्ति तन्त्रमन्त्रका अनन्य साधक ! गेरु वस्त्रधारी त्याग तपस्याका भिखारी ! लोभ–मोह–पाप–दुराचारका नाशकारी चेत । चिरन्तन चिरनूतन चिन्तन ! चिवर वस्त्र ।
सिद्धिलक्ष्मी शक्तिपीठका ध्यान मुद्रामाथि विश्लेषण सिलसिला यो ! नारी शक्तिको महानता हाम्रो जीवन्त भोगाइ । त्यसकै प्रतीकात्मक जीवन्त मूर्ति–शिला कारिगरीका मन्त्रका मौन अभिव्यक्तिमूलक रहे बनेका ! दीक्षामन्त्र जप्ने दीक्षितहरू मौन साधना गर्छन् । मन्त्र फलाक्ने शिक्षादीक्षा होइन त्यो त मान्त्रिक साधना ! मन्त्र मनमनै पाठ गरिने दर्शन ! दर्शन एकाग्र चिन्तन अन्तरसाधना मनमनैका चिन्तन कर्म ! चेतनाका मर्म । मन्त्र दीक्षाका आभ्यन्तरिक गुढ रहस्य नभई वर्तमान लोकतन्त्र, गणतन्त्रका पनि आभ्यन्तरिक अभ्यास बनेकै छ । दलीय गतिविधि, चालबाजी, शक्तिलिप्सा, सत्तामोहका अन्तर्य यस्तै उस्तै । सिद्धिलक्ष्मीका पौभाचित्र मौन अभिलान्छना बनेका छन् ! हुन् पनि ! चिन्तन कर्म पहिलो चरण चर्मचक्षु, हेराइ ! हेरिएका चित्र चरितार्थ गर्न चिम्लनु पर्छ आँखा । आँखा चिम्ल्याइ– चिन्तन मनको । चिन्तन मनको आराधना । आराधना आराध्य देवदेवीका । आराधना मन्त्रमुग्ध भएर गरिने आभ्यन्तरिक साधना ! जपतप अन्तरध्यान । अन्तरध्यान मनोकाङ्क्षा प्राप्तिका एकाग्र चिन्तन । चिन्तनमार्ग मनकामनाका साधनामार्ग ! मार्ग गन्तव्यमूलक साधन ! सकिन्न पुग्न गन्तव्य नतताई ! स्थल, जल, आकाश÷वायुमार्ग/अन्तरिक्षयात्रा सबै साधनाका विविध विरुदावलि !
पाँचतले–न्यौतपौ मन्दिरभित्रका विशाल सिद्धिलक्ष्मी देवीका शिलामूर्ति साधनाको सन्दर्भ यो ! बहुआयामिक कारिगरी यो चिन्तनभरिको योग–ध्यान जे भनौँ– उपासना मार्गसाधना ! आकृतिमान मूर्तिको रूप– स्वरूपका वैविध्य हुन सक्छन् जे पनि । चिन्मयचिन्तनभित्र उद्भव हुन्छ जे त्यही बन्छ रहस्यको गर्भगृह ! ‘बादे बादे जायते तत्वबोध’ संस्कृत वाङ्मयका मेरु–सुमेरु–छ बनेको !
सिद्धिलक्ष्मीको मन्दिरकै दक्षिणपूर्वमा भैरवनाथको मन्दिर अवस्थित छ । भैरव शिवको उन्मत्त अवस्था । उन्मत्तता कामुक अवस्थाको चरम विन्दु । त्यस चरम विन्दुलाई सघाउने टौमढीका अग्रज भन्थे, “भैरवनाथ दर्शनाभिलाषी महिला काउकुतीका चपेटामा परेको लोकोक्ति छ्यापछ्याप्ती थियो । टौमढी निवासी श्यामसुन्दर धौभडेलले सुनाएको गुनगुनाइ गुन्जिएकै छ । यो दैवीशक्ति साधमय जमानाका शब्दचित्र । अब भन्नुस् यसलाई समयसापेक्ष भनौँ या जीवनसापेक्ष । समय र जीवन; जीवन–समय साथै चल्छ– चलायमान बन्छ, बन्दो छ, बनिरहन्छ ।”