• १४ असार २०८२, शनिबार

करेन्ट लागेर एक जनाको मृत्यु

blog

टोपलाल अर्याल

रेसुङ्गा, असार १४ गते । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७, वाग्लाका ४० वर्षीय झविन्द्र घिमिरेको मृत्यु भएको हो । 

उहाँ विद्युतको पोलमा चढेर हाइटेन्सन लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते घिमिरेको उपचारको क्रममा तम्घास अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।