• १२ साउन २०८१, शनिबार

एमाले बाँके अध्यक्षमा बिसी र गुरुङबिच प्रतिस्पर्धा

blog

कमल खत्री

नेपालगन्ज, जेठ ६ गते । नेकपा (एमाले) बाँकेको अध्यक्ष पदका लागि निरक गुरुङ र डिल्ली बिसीबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन मण्डलका अनुसार आइतबार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुने तय भएको थियो । 

वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबिच प्रतिस्पर्धा हुन लागेको हो । बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचन समयमै सुरु भए सोमबार निर्वाचनको मतपरिणाम सार्वजनिक हुने बताइएको छ । 

यसैगरी निर्वाचनमा उपाध्यक्ष पदका लागि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री र रबिन्द्र लम्सालबिच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका इन्द्रबहादुर थापा र सुमनकुमार मल्लले उम्मेदवारी फिर्ता लिनु भएको छ । 

सचिव पदका लागि खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई, भीम ओलीबिच प्रतिस्पर्धा हुने भएको छ । महिला उपमहासचिव पदका लागि निर्मला सुनार, रचना श्रेष्ठ, शारदाकुमारी रेग्मी विश्वकर्माको उम्मेदवारी परेको छ । उपमहासचिव खुलातर्फ दीपककुमार बर्मा, किशोर थापा, सोहनलाल यादवले प्रतिस्पर्धा गर्ने तय भएको छ । उक्त पदमा सतिश निरौलाले आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ । 

जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उदघाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । सर्वसम्मतको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्पmत नेतृत्व चयन हुन लागेको निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो. हारुनले बताउनुभयो ।