जनता आवास कार्यक्रमका घर उपयोगविहीन
भूमिहीन, सुकुमवासी तथा प्रकोपबाट पीडित भई घरबारविहीन परिवारका लागि निर्माण भएका घरमा बस्न स्थानीयले रुचि नदेखाएपछि करोडौँका घर उपयोगविहीन भएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका १० वटा घरमध्ये छ घर एक वर्षदेखि खाली छन् । स्थानीय सरकारसँगको समपूरक बजेटको ५० र पालिकाको ५० प्रतिशत बजेटमार्फत चार करोड रुपियाँ लगानीमा ती घर निर्माण भएका हुन् ।
लुम्बिनी गुरुयोजनाको प्रगति सुस्त गतिमा
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा करिब तीन प्रतिशतमै सीमित रहेको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् ।
भेरी अस्पतालको स्वास्थ्य बिमा सेवाबारे अनुगमन
स्वास्थ्य बिमा गराएका बिरामीहरूको उपचार गर्दै आएको यहाँस्थित भेरी अस्पतालले बिमा गराएका बिरामीलाई दिने उपचार सेवाबारे अनुगमन गरिएको छ ।
बुद्धधर्मको महत्व विश्वभर छ:परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचार-प्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राख्नुभएको छ ।
थारु समुदायमा बालविवाह अन्त्यका लागि बरघरसँग साझेदारी
थारु समुदायमा बाल विवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन बरघरसँग साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिइएको छ।
लुम्बिनीलाई विश्वभरका बुद्धिष्ट केन्द्रको रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरिने बताउनुभएको छ।
दर्जन बढी बस्तीमा खानेपानी समस्या
दाङको तुलसीपुर उपमहानगरपालिका-३ अम्बास, कल्ले-बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ ।
सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्दै प्रशासन
दाङमा जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाई गर्न थालेको छ ।
वैशाख पूर्णिमा रौनक, १२९ वर्षदेखि अखण्ड यज्ञ
स्वर्गद्वारीमा सुरु गरिएको अखण्ड यज्ञ १२९ वर्षदेखि निरन्तर बलिरहेको छ । बाल तपस्वी नारायण गौतमले बि.सं. १९५२ वैशाख शुक्ल पूर्णिमाको दिन वेद मन्त्रबाट स्थापना गर्नुभएको यज्ञ निरन्तर बलिरहेको छ ।
भारत पुर्याइएका ६ जनाको उद्धार
विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ जना बालकहरूको सकुशल उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । मानव बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था “किन इन्डिया” ले विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा १३ देखि १७ वर्षका ती बालकहरूको उद्धार गरी भैरहवा ल्याइएको हो ।
बाँकेमा २४३ वटा खोप केन्द्र कायम
बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ।
श्रीनगरको सौन्दर्यीकरण गर्ने विषयमा विवाद
श्रीनगरको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले नपाउने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकाले श्रीनगरको सौन्दर्यीकरणका लागि विभिन्न काम गर्दै आए पनि अब काम गर्न नदिने डिभिजन कार्यालय पाल्पाले बताएको हो ।
बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्ध मार्गीहरूसँग अन्तर्क्रिया
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ ।
रिजल्टमा धाँधली गर्ने पाँच जना पक्राउ
बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
सेवार खोलामा पुल निर्माण सुरु
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम सुरु भएको छ । तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी निर्माण सुरु भएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले जानकारी दिनुभएको छ । इन्जिनियर दासका अनुसार २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग सम्झौता भएको हो ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पू्रा
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु
तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षका राजिव लामा रहनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
राप्ती लोकमार्ग दैनिक १० घण्टा बन्द
राप्ती लोकमार्ग शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीदेखि सल्यानको कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक १० घण्टा सडक बन्द गरिने भएको छ ।
दाङमा ३७ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै
दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ ।
फार्मको पर्खाल खस्दा २०० बढी कुखुरा मरे
सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् ।