• २ असार २०८१, आइतबार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

blog

रेखीराम राना

तानसेन, जेठ ९ गते । तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षका राजिव लामा रहनुभएको छ । 

बुधबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका –३, स्थित शिद्धबावानजिक तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना साथीसँगै पौडी खेल्ने क्रममा लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

गर्मी मौसममा तिनाउ नदीमा डुबेर हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । तिनाउ नदीमा पौडी खेल्न रोक लगाइए पनि गर्मीबाट बच्न अटेर गरेर पौडी खेल्नेक्रम बढेको प्रहरीले जनाएको छ ।