• २ असार २०८१, आइतबार

राप्ती लोकमार्ग दैनिक १० घण्टा बन्द

blog

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर जेठ ९ गते । 
राप्ती लोकमार्ग शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीदेखि सल्यानको कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक १० घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले जेठ ११ देखि २० गतेसम्म बिहान ११ देखि बेलुका ५ बजेसम्म र राती ९ देखि  १२ बजेसम्म आवागमन बन्द गरिने जानकारी दिनुभयो  ।

वैकल्पिक मार्गकारूपमा साना सवारी साधनका लागि पैयाखोरिया, सातवास, किमुचौर हुँदै कपुरकोट सडक व्यवस्था गर्न सकिने बताइएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड साँघुरो हुँदा दैनिक दुर्घटना हुँदै आएका छन् ।