स्वर्गद्वारी गुठीपीडित किसानद्वारा मालपोत र नापी कार्यालयमा तालाबन्दी
स्वर्गद्वारी गुठीपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् ।
सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप अभिमुखीकरण
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का सहित तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ ।
पाँच सयभन्दा बढी रोपनी बाँझो जग्गा लिजमा लिई तरकारी खेती
गुल्मीमा पाँच सय बढी रोपनी बाँझो जग्गा लिजमा लिई ताजा तरकारी खेती गरिएको छ । पैँचो नमुना कृषि उत्पादन केन्द्रले जिल्लाका तीन स्थानमा पाँच सय रोपनी बढी जग्गा भाडामा लिई ताजा तरकारी लगाएको पैँचो पसलका प्रबन्ध निर्देशक धुर्वराज न्यौपानेले जानकारी दिनुभयो ।
पीपलको रुख ढल्दा घरमा क्षति
गुल्मीमा शनिबार राति पानीसहित आएको हावाहुरले पीपलको रुख ढल्दा एक घरमा क्षति पुर्याएको छ । राती ९ बजे आएको हावाहुरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० मोहोराईका विजय कुँवरको घरगोठमा क्षति पुर्याएको हो ।
भारतीय सेनाबाट अवकाश भएर भैंसीपालन
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा जीवन विताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो ।
गाउँ गाउँमा कालोपत्रे सडक
कुनै समय विकासमा पछि परेको दाङको बबई गाउँपालिकामा पछिल्लो समय सडक विकासले गति लिएको छ । पालिकाका विभिन्न वडामा रहेका बस्तीलाई सडक सञ्जालसँग जोड्न नयाँ ट्र्याक निर्माणसँगै पुराना सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने काम धमाधम चलेको छ । देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँ गाउँमा सडक पु¥याउन स्तरोन्नतिसहित कालोपत्रेको काम भइरहेको छ । जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्दा जनतासमेत खुसी भएका छन् । सडक सञ्जालको विकासले पहिलेका विकट बस्तीका रूपमा परिचित गाउँ पछिल्लो समय सडक सञ्जालसँग जोडिएपछि जनतालाई हिँडडुल गर्न सहज भएको छ । बबई गाउँपालिका–५ निवासी स्थानीय मानबहादुर केसी सडक बन्दा निकै सहज भएको बताउनुहुन्छ ।
ढल व्यवस्थित भएपछि हट्यो दुर्गन्ध
तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थित भएपछि दुर्गन्ध हटेको छ । खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो ।
घर भत्किदा एकको मृत्यु
दाङमा हावाहुरीसहितको बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा १२ रझेनी निवासी ७० बर्षीय भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
कपिलवस्तुमा गर्मीले एक जनाको मृत्यु
कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो।
मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस मनाइयो
मानव अधिकार तथा शान्ति समाजको २८ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समाजको स्थापना दिवसका अवसरमा बुटवलमा पनि सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने विषयमा नागरिक संवाद कार्यक्रम गरिएको छ ।
गुल्मीमा १२३ जनाको आँखाको रेटिना जाँच
गुल्मीमा १२३ जनाले आँखाको रेटिनाको जाँच गराएका छन्।नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको आयोजना एवम् लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा आँखाको जाँच भएको हो।
नालामा फालिएको अवस्थामा एकको शव फेला
नालामा फालिएको अवस्थामा एकको शव फेला जिल्लाको शुद्धोधन गाउँपालिका-६ बेलभरीया गाउँको दक्षिण मर्थी खोलाको नालामा फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो ।
मुसहरनियाका किसानलाई धानको बीउ वितरण
उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
विपद् पूर्वतयारीका लागि सामूहिक योजना
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ ।
गुल्मीमा ड्रागन खेतीमा आकर्षण
गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।
लुम्बिनीका चार जिल्लामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिने
बाँकेलगायत लुम्बिनी प्रदेशका चार जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिने भएको छ ।
विद्युत नियमित नहुने कारण माग गर्ने निर्णय
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रअन्तर्गत विद्युत् नियमित हुन नसक्ने कारणहरूलाई लिखित रूपमा माग गर्ने निर्णय गरिएको छ ।
नीति तथा कार्यक्रम निर्माणका लागि गुल्मीदरबारद्वारा राय सुझाव माग
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव माग गरेको छ ।
गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ ।
सडक स्तरोन्नतिको माग गर्दै स्थानीयको ध्यानाकर्षण
निस्दी गाउँपालिकाको मुख्य सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ध्यानाकर्षण गराएको छ । रामपुर–बेलडाँडा– ढुङ्गानाबेशी–मित्याल–अरुणखोला खण्डसडक सञ्चालनमा आएको बसौँ बित्दा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
कपिलवस्तुको सातौं शताब्दीको ऐतिहासिकस्थल सोनवागढ (फोटो फिचर)
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा अवस्थित सातौं शताब्दीको गुप्तकालीन ऐतिहासिक स्थल सोनवागढ ।
बौद्ध तीर्थस्थल लुम्बिनी
नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने दुई प्रमुख स्थलमध्ये पहिलो स्थल विश्वको सर्वोच्च शिखर सगरमाथा हो भने दोस्रो हो, विश्वशान्तिका महान् अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र । भगवान् बुद्ध लुम्बिनीमा जन्मेकाले पनि नेपाल विश्व परिचित छ । हिन्दु धर्मावलम्बीका लागि काशी, मुसलमानका लागि मक्का मदिना र ख्रिस्टहरूका लागि जेरुसेलमले जुन स्थान ओगटेको छ, त्यस्तै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी क्षेत्र महत्त्वपूर्ण रहेको छ । बुद्धको जन्मस्थान लुम्बिनी भएकाले लुम्बिनी बौद्ध तीर्थस्थलका रूपमा विश्वमा चिरपरिचित छ । लुम्बिनी भगवान् बुद्ध सिद्धार्थ राजकुमारको जन्म भएको पवित्र स्थल हो । लुम्बिनी एउटा रमणीय, सुन्दर, राम्रो उपवनको नामले प्रसिद्ध छ । बुद्धत्व प्राप्त भएपछि बुद्ध स्वयंको धर्मदेशनाका सिलसिलामा लुम्बिनी
गुल्मीमा होटल व्यवस्थापनसम्बन्धी तालिम
गुल्मीको तम्घासमा होटल व्यवसायीलाई तालिम प्रदान गरिएको छ । यस जिल्लाका होटल व्यवसायीलाई साना तथा मझौला होटल व्यवस्थापन सम्बन्धी एक हप्तासम्म तालिम प्रदान गरिएको हो ।
ढोरपाटन सिकार आरक्षमा बढे पर्यटक
रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रममा छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । गत वर्ष तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो तर यो वर्षको असारसम्ममा गत वर्षको दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा छ । कोरोना सङ्क्रमण, स्थानीयको विवादलगायतका कारण सिकारी आउन नसक्दा राजस्व सङ्कलन घटेको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढीबढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको हो ।