• ६ असार २०८१, बिहिबार

नीति तथा कार्यक्रम निर्माणका लागि गुल्मीदरबारद्वारा राय सुझाव माग

blog

गुल्मीदरबार गाउँपालिकाको कार्यालय । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ १९ गते ।
 गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव माग गरेको छ ।

जनमैत्री नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्नका लागि आम नागरिकहरूको राय सुझाब सङ्कलन महत्त्वपूर्ण हुने भएकाले राय सुझाव माग गरिएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

पालिका भित्रका नागरिकहरूका लागि के कस्ता नीति तथा कार्यक्रमहरू बनाउँदा उत्तम हुन्छ भन्ने नागरिकका सुझावले आगामी कार्यदिशा निर्माण गर्न र बजेट तर्जुमामा सहयोग पुग्ने भएकाले सुझाव माग गरिएको थापाको भनाइ छ । 

नागरिकहरूले दिएको सुझावलाई प्राथमिकताका साथ राखेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने थापाले बताउनुभयो ।

नागरिकहरूले फोन, इमेल र गाउँपालिकाले तयार गरेको अनलाइन पोर्टलमार्फत जेठ ३२ गतेसम्म राय सुझाव दिन सक्ने गरी व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताउनुभयो ।