• १२ मंसिर २०८१, बुधबार

स्वर्गद्वारी गुठीपीडित किसानद्वारा मालपोत र नापी कार्यालयमा तालाबन्दी

blog

मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्दै स्वर्गद्वारी गुठीपीडित किसान । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, जेठ २० गते ।
स्वर्गद्वारी गुठीपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् ।

सरकारले पटक–पटक आफूहरुसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभयो । तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् ।

आन्दोलनकारीलाई भगाउन प्रहरीले लाठीचार्ज तथा अश्रुग्यास प्रहार गरेको थियोे । त्यसक्रममा सात जना गुठीपीडित किसान घाइते भएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ । स्वर्गद्वारी आश्रमको जग्गामा भएको दोहोरो स्वामित्व अन्त्यको काम गर्दै लामो समयदेखि गुठीपीडित किसानहरु आन्दोलनरत छन् ।