• १२ मंसिर २०८१, बुधबार

ढल व्यवस्थित भएपछि हट्यो दुर्गन्ध

blog

बिन्दु थापा 

पाल्पा, जेठ १९ गते । तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थित भएपछि दुर्गन्ध हटेको छ । खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो । 

पाल्पा बुटवल सडक खण्डको होलाङ्दीमा रहेको खुला ढलबाट स्थानीय बासीन्दा, सवारी चालक र पैदलयात्रीलाई समस्या भएकाले व्यवस्थित गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘ढल खुला हुँदा गुल्मीदेखि तानसेन हुँदै बुटवल र तानसेनदेखि बुटवल यात्रा गर्ने यात्रुहरूलाई दुर्गन्धका कारण समस्या भएको थियो ।’ 

तानसेन नगरपालिकाका प्रमुख श्रेष्ठका अनुसार नगर सरकारले अब उक्त ढललाई नाली निर्माण गरी व्यवस्थित गरेको ठाउँमा सवारीसाधन पार्किङ्ग स्थल बनाउने ठुला सवारीसाधन पार्कीङ गर्ने, खाली ठाउँ रहेको र नगर सरकारले बिशेष पहल गरी फोहोर र दुर्गन्धित ढललाई व्यवस्थित गरि पार्किङ्ग स्थलको रूपमा निर्माण गर्न लागेको छ । 

तानसेन नगरपालिका ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले होलाङ्दीको खुला ढललाई व्यवस्थित गर्न नाली निर्माणका लागि ४९ लाख ९८ हजार बजेटबाट १ सय ३६ मिटरको नाली निर्माण सम्पन्न गरेको बताउनुभयो ।