• ६ असार २०८१, बिहिबार

गुल्मीमा १२३ जनाको आँखाको रेटिना जाँच

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ १९ गते। गुल्मीमा १२३ जनाले आँखाको रेटिनाको जाँच गराएका छन्।नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको आयोजना एवम् लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा आँखाको जाँच भएको हो।

डाइबेटिक रेटिनोप्याथी आँखा उपचार शिविरमा आयोजित शिविरमा आँखाको रेटिना (आँखाको पर्दा) को जाँच भएको हो।

नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रको परिसरमा भएको एक दिने शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका निर्देशक प्रा. डा. ज्ञानेन्द्र लामिछाने सहितको प्राविधिक टोली सहभागी थियो।

आँखा जाँचको क्रममा १३ जनाको आँखाको पर्दाको समस्या रहेको, ११ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने, पाँच जनाको जलविन्दुको समस्या रहेको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो।उहाँका अनुसार १३ बिरामीलाई थप उपचारको लागि रिफर गरिएको छ।