नेपालगन्जमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बुधबार बिहान नेपालगन्जस्थित वाटरपार्कमा बाढीसम्बन्धी बाढी कृत्रिम घटना अभ्यास गरिएको छ ।
मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाइँदै
जिल्लाको रामपुर नगरपालिकाले महिलालाई मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका सामग्री उत्पादन गर्ने सिप प्रदान गरेको छ ।
अभिभावकविहीन बालबालिकालाई कपडा वितरण
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् ।
तानसेनको ढल व्यवस्थित गरिँदै
तानसेन नगरपालिका ६ लहरेपिपलस्थित सडकमा ढल व्यवस्थापन कार्य सुरु गरिएको छ । ह्युम पाइप राखेर ढललाई व्यवस्थित गर्न सुरु गरिएपछि यहाँका एक हजार छ सय बढी स्थानीय लाभान्वित हुने भएका छन् ।
बुटवल–गोरुसिङे सडक असारदेखि विस्तार हुने
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङे ५० किलोमिटर सडकखण्डको पहिलो चरणको सडक विस्तारको काम असारदेखि सुरु हुने भएको छ । चार लेनमा हुने सडक विस्तारका लागि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का लगाएको हो । बुटवल–गोरुसिङे सडक आयोजना बुटवलका प्रमुख होमबहादुर एसीले ठेक्का प्रक्रियाको टुङ्गो लागेर आशयपत्रको सूचना जारी भएको र आशयपत्रमा कुनै उजुरी नपरेको अवस्थामा ठेक्का सम्झौताका लागि निर्माण कम्पनीलाई बोलाउने तयारी भएको जानकारी दिनुभयो ।
गर्मी छल्ने प्रमुख गन्तव्यको खोजी
विगतका वर्षभन्दा धेरै बढी तातो हावा लु चलेको र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन्।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ ।
एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधबारदेखि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मङ्गलबार तिलोत्तमामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
'लु' बाट बच्न विभिन्न उपाय अपनाउँदै पालिका
बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा अत्यधिक गर्मी र लु बाट प्रभावितलाई जोगाउन विभिन्न विद्यालयमा ३५० थान सिलिङ पङ्खा जडान गरिएको छ भने ७०० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।
एमाले प्युठानको अध्यक्षमा विष्ट र उपाध्यक्षमा पौडेल निर्वाचित
नेकपा (एमाले) प्युठानको अध्यक्षमा विजय बिराज विष्ट निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको निर्वाचनमा विष्टले २ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गर्नुभएको छ ।
अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा किसान चिन्तित
अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् ।
पशुपालकलाई सहयोगी बन्दै मकैखेती
कपिलवस्तुको शिवराज नगरपालिका ३ नयाँबस्तीका कृषकलाई मकै भित्र्याउन चटारो छ। खेतबारीमा लहरै मकै फलेका छन्। मकै थन्क्याउने चटारोमा कृषक व्यस्त देखिन्छन्।
बुढीगण्डकी नदीमा पुरुषको शव फेला
बुढीगण्डकी नदीमा एक पुरुषको शव फेला परेको छ । फेला परेको शव आरुघाट गाउँपालिका – ९ आरुचनौटेका वर्ष ५९ का बुद्धि बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल
तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरु ध्यान मुद्रामा रहेका छन् ।
छत्रकोटको स्थानीय पाठ्यक्रम सार्वजनिक
गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, रीतिरिवाज, चालचलन, पेसा व्यवसाय, इतिहासदेखि हालसम्मको विकासक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको पाठ्यक्रम सार्वजनिक गरिएको हो ।
गृहिणी महिला रोजगार कार्यक्रम सुरु
बुटवलमा गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम सुरु भएको छ ।
सीपसँगै आत्मनिर्भर बन्दै भार्सेका महिला
जिल्लाको सत्यवती गाउँपालिका-७ भार्सेमा सञ्चालन भएको १६० घण्टे अल्लो प्रोसेसिङ तालिम लिँदै गरेकी ५९ वर्षीय इन्द्रकला काउछाले आत्मनिर्भर बन्ने सीप लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री
गुल्मीको एक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७, भुजेलखर्कस्थित सृजना प्राथमिक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
एमाले प्युठानमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुँदै
नेकपा (एमाले) प्युठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान सुरु भएको छ । मतदानका लागि जिल्लाभरका ६४ वडा र जनवर्गीय सङ्गठनबाट ५३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी भएका छन् । बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।
गुल्मीमा भूतपूर्व सैनिक सङ्घको नयाँ नेतृत्व सर्वसम्मत
गुल्मीमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नेपालगन्ज मेडिकल कलेजले अध्ययन नगराउने
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो ।
पूर्णता पाएन शिक्षा समितिले
बाँके जिल्लामा दुई वर्षदेखि जिल्ला शिक्षा समितिले पूर्णता नपाउँदा शैक्षिक कामकारबाहीमा समस्या उत्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा गठन हुने समितिले हालसम्म पनि पूर्णता नपाउँदा समस्या उत्पन्न भएको हो । जिल्ला समन्वय समिति बाँकेका समन्वय प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख एवं शिक्षा समितिका सदस्यसचिव रामसुरेश यादव र तत्कालीन बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको असहयोगका कारण हालसम्म पनि शिक्षा समितिले पूर्णतापाउन नसकेको बताउनुभयो ।
महिला कालिगड अभाव
बुटवल बजारमा सुनचाँदीका गरगहना बनाउने महिला कालिगडको अभाव छ । बुटवलमा रहेका करिब दुई सय सुनचाँदीका पसलमा मुस्किलले दुई/तीन जना मात्र महिला कालिगड रहेका बुटवल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । बुटवलको सुनचाँदीको बजार भारतीय कालिगडमा निर्भर छ । भारतको कोलकाता, लखनउलगायतका क्षेत्रबाट आएका कालिगडले गरगहना बनाएको ज्याला बढी लिने गरेको सुनचाँदी व्यवसायीले गुनासो गरेका छन् ।
दुई कृतिमाथि विमर्श
साहित्यकार वनमाली निराकारका दुई कृतिमाथि धवल पुस्तकालय पाल्पा तानसेनमा छलफल गरिएको छ । साहित्यकार निराकारले लेख्नुभएको लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ र कविता सङ्ग्रह ‘मान्छेका रङहरू’ माथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले वनमाली निराकार कथाकारका रूपमा सुपरिचित नाम भएको बताउनुभयो ।