• १२ साउन २०८१, शनिबार

दुई कृतिमाथि विमर्श

blog

तानसेन, जेठ २२ गते । साहित्यकार वनमाली निराकारका दुई कृतिमाथि धवल पुस्तकालय पाल्पा तानसेनमा छलफल गरिएको छ । साहित्यकार निराकारले लेख्नुभएको लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ र कविता सङ्ग्रह ‘मान्छेका रङहरू’ माथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले वनमाली निराकार कथाकारका रूपमा सुपरिचित नाम भएको बताउनुभयो । 

उहाँको साहित्य साधना, लेखन, प्रकाशनलगायतका विषयमा चर्चा गर्नुभयो । साहित्यकार प्राडा शङ्कर गैरेले लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ कृतिमाथि टिप्पणी गर्नुहुँदै वनमाली निराकार साहित्यकार मात्र नभई साहित्यिक अभियन्ता रहेको र विसं २०४६ मा साझा प्रकाशनबाट कथा प्रकाशनको यात्रा सुरु गर्नुभएका वनमाली एक सशक्त कथाकार भएको चर्चा गर्नुभयो ।