नयाँ योजना बनाउँदै बगनासकाली
चालु आव सकिन एक महिना बाँकी छ । आवको अन्त्यमा पाल्पाका अन्य स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयलाई काम सक्ने हतारो छ तर जिल्लाको बगनासकाली गाउँपालिका भने चालु आवको काम एक महिनाअघि नै सकेर नयाँ योजना निर्माणमा लागेको छ । बगनासकाली गाउँपाालिकाले वैशाखभित्रै विकासका काम सकेर नयाँ योजना निर्माणमा लागेको छ । असारे विकास रोक्ने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि नै योजनाबद्ध काम गरेपछि बगनासकालीले वैशाखभित्रै सबै योजनाको काम सकेको हो ।
सार्वजनिक शौचालय निर्माण हुँदै
तानसेन नगरपालिका–११ मा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको छ । ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत तानसेन –११ तिनला कुरीमा शौचालय निर्माण गर्न थालिएको हो ।
बोलेरो गाडीसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट कागजपत्र बिनाको चोरी गरेर ल्याएको बोलेरो गाडी चालकसहित पक्राउ गरेको छ ।
सिफारिसमध्ये साढे १४ प्रतिशत कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीका लागि नेपाल सरकारसमक्ष गर्ने सिफारिसमध्ये जम्मा साढे १४ प्रतिशत मात्र कार्यान्वयन भएको छ ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना भत्काउन सुरु
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना नेपालगन्ज उपमहानगरपालिकाले भत्काउन सुरु गरेको छ ।
बरघर प्रथा संरक्षण गर्न माग
रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका थारु समुदायका बस्तीमा वर्षौँअघि रहेको बरघर प्रथा अहिले लोप हुन थालेपछि संरक्षणको माग गरिएको छ ।
नेपालगन्जका नगर प्रहरीलाई खोज तथा उद्धार तालिम
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपदमा खोज तथा उद्धारसम्बन्धी चारदिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ ।
लागूऔषधविरुद्ध एकीकृत अभियान सञ्चालन गर्दै बाँके प्रहरी
जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१’ सञ्चालनमा ल्याएको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा यो अभियान सञ्चालनमा ल्याएको हो ।
तीन गाउँपालिकाको १४ करोड बेरुजु
रुकुमपूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका ३ वटा गाउँपालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम १४ करोड चार लाख सात हजार रुपियाँ देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको ११.३७ प्रतिशत हो ।
रोल्पाको गुम्चाल गाउँ
रोल्पाको लुङ्ग्री गाउँपालिका–६ को गुम्चाल गाउँ । यो गाउँ रोल्पा जिल्लाको उपल्लो गुम्चाल, गुम्चाल पूर्वी रोल्पामा समुद्री सतहबाट १७ सय मिटर उचाइमा रहेको छ । यहाँ लगभग तीन सय घर धुर रहेको छ ।
बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण
जिल्लाको रामपुर नगरपालिका–६, बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । नागरिकलाई आफ्नो अनुकूलको शारीरिक अभ्यासमा सहजताका लागि नगर मै पहिलो पटक खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका लागि जग्गा ल्याउन पहल
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गा ल्याउन पहल थालिएको छ ।
प्युठानका नौ पालिका खोपयुक्त घोषणा
जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।
वडा प्रहरी कार्यालयमा ५५० उजुरी, ४८ लाखको अवैध सामान नियन्त्रण
वडा प्रहरी कार्यालय नेपालगन्जमा गत नौ महिनाको अवधिमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
एमाले अर्घाखाँचीमा पुनः भुसाल
नेकपा (एमाले) अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनबाट द्रोसो पटक पीताम्बर भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ । द्रोसो कार्यकालका लागि सचिवमा तोजबहादुर रायमाझी निर्विरोध निर्वाचित हुनुभयो ।
ग्रामीण सडक प्राथमिकतामा
तानसेनका स्थानीय तहले ग्रामीण भेगका सडक स्तरोन्नति गर्ने काम थालेका छन् । स्थानीय तहहरूले प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नति गर्न थालेका हुन् । जिल्लाको रैनादेवी छहरा गाउँपाालिका र बगनासकाली गाउँपालिकाले ग्रामीण भेगका सडकलाई बाह्रै महिना सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नतिको काम थालेका हुन् । जिल्लाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाले चालु आव २०८०/८१ मा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत सडक कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । रैनादेवी छहराले गौरवको आयोजना अन्तर्गत छहरा–धजाबान्ने–तानसिङ्गल–सातमुरे सडक कालोपत्रे सुरु गरेको हो । यो वर्ष चार करोड दुई लाख ७८ हजार रुपियाँमा डेढ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढाइएको छ । चालु आवमा गाउँपालिकाको ५० र सङ्घीय सरकारको ५० प्रतिशत लागतमा सडक स्तरोन्नति गरिएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । ग्रामीण भेगका सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या समाधान गर्न कालोपत्रे गरिएको उहाँले बताउनुभयो । सडक कालोपत्रे गरेपछि रैनादेवी छहराका वडा नं. ४, ३, २ र १ का बासिन्दालाई हिउँद र बर्खामा यात्रा गर्न सहज हुने छ । यस्तै अर्घाखाँची जाने यात्रुका लागि
पानी भण्डारण केन्द्र स्थापना
आगलागीका घटना नियन्त्रणका लागि सहज रूपमा पानीको स्रोत उपलब्ध नहुने भएपछि नेपालगन्जमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । नेपालगन्जमा दमकल (वारुणयन्त्र) लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएका स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँले गुरुद्वाराअगाडि नेपालगन्जको खानेपानी संस्थान कार्यालयको खानेपानीको मुख्य लाइनमा चार लाख ५० हजार लिटर, वारुणयन्त्र कार्यालयपरिसरमा १२ हजार लिटर र नेपालगन्ज उपमहानगरपालिका–७ मा चार हजार लिटर क्षमताको पानी भण्डारण केन्द्र स्थापना गरिएको बताउनुभयो ।
नदीमा डुबेर भारतीय किशोरको मृत्यु
पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ ।
'हो हामी क्षयरोग अन्त्य गर्छौँ' अभियान तीव्र
बाँके जिल्लालाई क्षयरोग मुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले सुरु गरिएको “हो हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने अभियानलाई तीव्र पारिएको छ ।
दाङमा माछापालनसँगै बढ्दै उत्पादन
दाङमा माछापालन व्यवसाय बढ्दा उत्पादनमा वृद्धि भएको छ । कम लगानीमा राम्रो उत्पादन गर्न सकिने भएपछि पछिल्लो समय जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ ।
गोरखापत्रकर्मी गुरुङ बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १४औं साधारणसभाको अवसरमा गोरखापत्रकर्मी गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ ।
दुई वर्षभित्र बालविवाहमुक्त पालिका बनाउने विजयनगरकाे लक्ष्य
कपिलवस्तुको विजयनगर गाउँपालिकाले दुई वर्षसम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ ।
संरक्षण अभावमा जीर्ण बन्दै रानी ताल
करिब दुईसय वर्ष पुरानो ऐतिहासिक रानीताल संरक्षण अभावमा अहिले जीर्ण बन्दै गएको छ । रानीतलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र सम्वर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जिर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउनेक्रम घट्दै गएको हो ।
आठ महिनामै बन्यो पक्की पुल
झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो । आँसु÷जानकी÷बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।