• १२ साउन २०८१, शनिबार

बोलेरो गाडीसहित एक जना पक्राउ

blog

प्रहरीले बरामद गरेको बोलेरो गाडी ।

सिराज खान 

नेपालगन्ज, जेठ २८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट कागजपत्र बिनाको चोरी गरेर ल्याएको बोलेरो गाडी चालकसहित पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका –१८ बाट भे १ च १६१५ नम्बरको कागजपत्र नभएको चोरी गरेर ल्याएको बोलेरो गाडीसहित गाडी चालकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ ।

चोरीको गाडी भएको सूचनाका आधारमा नेपालगन्ज –१८ मा रहेको सो गाडीलाई चेकजाँच गर्दा सवारी धनी कागजपत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको डिएसपी डाँगीले बताउनुभयो । 

उहाँले बरामद गाडीसहित गाडीचालक रुकुम आठबिसकोटका ललित मल्ललाई नियन्त्रणमा लिई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बताउनुभयो । 

प्रहरीले बरामद गरेको बोलेरो गाडीको अन्दाजी मूल्य १२ लाख ताकेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पछिल्लो केही समय यता आएर बाँकेको सुरक्षा निकायले नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा निकै कडाइ गरेर चेकजाँच गरिरहेकाले ठुलो परिमाणमा भारतबाट ल्याइएका अवैध सामानहरू पनि बरामद हुँदै आएको छ ।