वनमा आधारित उद्यम विकास भए आम्दानीसँगै रोजगारीमा वृद्धि हुने
वनमा आधारित उद्यम विकासको आम्दानी र रोजगारीमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
डुम्रे खोला-सुनडाँडा-तेल्घा-गुफाचौर-गावुडाँडा-सल्लाघारी-होलाङ्दीसम्मको सडक निर्माण सुरु
तानसेनको डुम्रे खोला-सुनडाँडा-तेल्घा-गुफाचौर-गावुडाँडा-सल्लाघारी-होलाङ्दीसम्मका सात किलोमिटर सडक निर्माण सुरु भएको हो ।
थारु कला संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
दाङमा थारु समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जोडिएका छन् ।
सिकलसेल प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दाङको घोराहीमा सिकलसेल एनिमियाबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
दृश्य अवलोकन पूर्वाधारको निर्माण
पाल्पाको सबैभन्दा अग्लो लेक कौडेलेकमा स्थानीय बासिन्दाले आफ्नै लगानीमा दृश्य अवलोकन पूर्वाधार बनाएका छन् ।
दुर्घटनामा युवकको मृत्यु
बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।
टिपरकाे ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।
पर्यटकीय गन्तव्य तिलोत्तमा पार्क
रूपन्देहीको तिलोत्तमा नेपालको एक उत्कृष्ट नगरपालिका हो । भौगोलिक हिसावले पनि सुन्दर, सुरक्षित र शान्त समतल तिलोत्तमा सहरमा बस्ती पनि बाक्लिदै गएको छ । फराकिलो मोटरबाटो र व्यवस्थित बस्तीले सुसज्जित बन्दै गएको यस नगरमा थुप्रै पर्यटकीय स्थल निर्माण भइरहेका छन् ।
एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित
नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले अध्यक्षमा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
करेन्ट लागेर एकको मृत्यु
पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको प्रहरीले जनाएको छ ।
सय पटक रक्तदान
सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ। उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो।
सेवा प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव
बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह थप प्रभावकारी बनाउन र नगरको विकास निर्माणमा जोड दिन स्थानीयवासीले सुझाव दिएका छन् ।
कानुन निर्माणमा बौद्धिक बहसको थालनी : सभामुख घर्ती
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कानुन निर्माणमा बौद्धिक बहसको थालनी गर्नुपर्ने बताउनुभएको छ । बिहीबार तम्घासमा लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी गरिएको पत्रकार भेटघाटमा उहाँले कानुन निमार्णमा बौद्धिक बहसमा कसैको ध्यान नपुगेको बताउनुभएको हो ।
भरुवा बन्दुक फेला
बाँकेको सामुदायिक वनमा लुपाइछिापाइ राखेको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका –५ स्थित सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समुह र सुनखोली सामुदायिक वन उपभोक्ता समूहको सिमानाबाट बेवारिसे अवस्थाको एक थान भरुवा बन्दुक फेला परेको हो ।
बाँकेमा रगत अभाव
पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर-४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते
कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–८ मा फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रामपुर नगरपालिका–८ झेरुछाप बस्ने ६३ वर्षीय खेमबहादुर सारु मगर घाइते हुनुभएको हो ।
रातिको समयमा ब्यारियर खुला राख्न माग
नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियर राति १० बजेपछि बन्द गरिँदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ ।
‘नदीको तिरो तिरिरहेका छौँ, वर्षा सुरु हुँदा मुटु भक्कानिन्छ’
बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ ।
प्रादेशिक अस्पतालमा ब्लड बैङ्क स्थापनाको माग
लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालसँग भेट गरी बिरामीको उपचारमा सहजताका लागि आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् ।
पाल्पा दरबार परिसरमा धमाधम काम
ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो । दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा दरबार परिसरमा लगानी गरेर काम गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा
रुकुम पूर्वबाट छ हजार किलो मह निकासी
यस वर्ष जिल्लाबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
पाल्पामा कार दुर्घटना तीन जनाको मृत्यु, दुई जना घाइते
पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।
पाल्पाका १० स्थानीय तहमा पूर्णखोप सुनिश्चितता घोषणा
पाल्पाका १० वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा घोषणा हुन बाँकी रहेको रामपुर नगरपालिकालाई बुधबार घोषणा गरिए सँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषित भएको हो ।