• १६ भदौ २०८१, आइतबार

सय पटक रक्तदान

blog

सय पटक रक्तदान गर्नुभएकासञ्चारकर्मी पवन जायसवाल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ३१ गते। सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ। उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो। 

जायसवालले बिहीबार जनमत अर्ध साप्ताहिकले आयोजना गरेको ६० औं रक्तदान कार्यक्रममा सय पटक रक्तदान गर्नुभएको हो। उहाँ सय पटक रक्तदान गरेर समाजका अन्य युवाका लागि एक दरिलो उदाहरण बन्नु भएको छ। सय पटक रक्तदान गरेकोमा उहाँलाई जनमत शतक रक्तदाताको रुपमा सम्मान समेत गरिएको जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुकेले जानकारी दिनुभयो। 

बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा परिचित जायसवालले आफूले अझै धेरै पटक रक्तदान गर्ने चाहना रहेको जनाउँदै शरीरमा रगत रहेसम्म रक्तदान गरिरहने बताउनुभयो। 

उहाँले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएको हो। आफ्नो रगतबाट धेरैको ज्यान जोगिएको सुन्दा अतिनै सन्तुष्टि मिल्ने उहाँको भनाइ छ। 

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिका सल्लाहकार रहनुभएका जायसवाल विभिन्न पत्रपत्रिकामा आवद्ध हुनुहन्छ।