खडेरीले मकै सुक्न थाले, टारीखेतमा रोपाइँ गर्न समस्या
असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
क्षमताभन्दा बढी कैदी हुँदा भैरहवा कारागारमा समस्या
जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले व्यवस्थापनमा समस्या देखिएको छ ।
रामपुर नगरपालिकाको बजेट ७३ करोड ८५ लाख
जिल्लाको रामपुर नगरपालिकाले ७३ करोड ८५ लाख चार हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।
डेल्टामार्टमा आगलागी हुँदा करिब ४५ करोडको क्षति
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ भएको आगलागीबाट करिब ४५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
मालिकालाई बालमैत्री घोषणा गरिदै
गुल्मीको मालिका गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने नीति ल्याएको छ । बिहीबार मालिका गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने बताउनुभयो ।
आगलागी पीडितलाई राहत वितरण
बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा घर जलेर पीडित भएका ३४ परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाँके र डुडुवा गाउँपालिकाले राहत वितरण गरेको छ ।
गौरवको आयोजनामै ढिलाइ
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–कपुरकोट सडक निर्माणमा ढिलाइ भएको छ । बजेट अभावका कारण पाँच वर्षदेखि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट पुग्ने सडकको काममा ढिलाइ भएको हो । आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणको काममा ढिलाइ भएको आयोजना पक्षले जनाएको छ । रामपुर–कपुरकोट आयोजना अन्तर्गत पाल्पामा झन्डै दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । होलाङ्दी–ढुङ्गाखानी सडकखण्डमा झन्डै एक किलोमिटर सडक कालोपत्रेको काम भएको छ । यसबाहेक गत वर्षदेखि आर्यभन्ज्याङ–रामपुर सडकखण्डको हुमिन–ताहुँ क्षेत्रमा साढे चार किलोमिटर सडक निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ४७.२६ प्रतिशत बजेट खर्च
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको ४० अर्ब ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट खर्च भएको हो ।
नेपालगञ्ज भन्सारको ब्यारियर २४ घण्टा खुला हुने
नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल अबदेखि २४ घण्टा खुला हुने भएको छ ।
व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी
घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आउनुभएको छ । उहाँले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गर्नुभएको छ ।
भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।
ओझेलमा खुमखानी
दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन ।
डुडुवाका ३० घर जलेर नष्ट
स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासी आएको भिषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० घर जलेर खरानी भएको हो ।
हावाहुरीले पर्खाल भत्किँदा एकको मृत्यु
बाँकेमा पर्खाल भत्किएर एक महिलाकाे मृत्यु भएकाे छ ।
खडेरीले सुके चापाकल
रुपन्देहीको तराई भूभागमा लामो समय खडेरी परेपछि सर्वसाधारणले खानेपानीको सास्ती पाएका छन् । तराईका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानीको स्रोतका लागि अझै पनि चापाकलको भर पर्दै आएका छन् तर चापाकलमा पानी आउन छोडेपछि खानेपानी जोहो गर्ने चुनौती थपिएको छ । रुपन्देहीमा एक महिनायता पानी परेको छैन । गर्मी बढेसँगै जमिनमुनिको पानीको स्रोतसमेत सुकेपछि स्थानीयलाई झनै सास्ती भएको छ । अहिले किसानले रोपाइँका लागि ब्याड राख्ने काम गरिरहेका छन् ।
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो ।
दुई वर्षदेखि वायु प्रदूषण मापन केन्द्र बन्द
दाङमा वायुको गुणस्तर मापनका लागि छ वर्षअघि स्थापना भएको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ । वातावरण विभागले एक करोड २५ लाखको लागतमा २०७५ साल जेठ महिनामा घोराही उपमहानगरपालिका–२, रामपुरमा केन्द्र स्थापना गरेको हो । वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रिँदा दुई वर्षदेखि जिल्लाको वायु गुणस्तरको जानकारी आउन सकेको छैन ।
भारतीय पर्यटक स्काई साइक्लिङमा आकर्षित
भारतबाट आउने अधिकांश पर्यटक बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा रहेको स्काई साइक्लिङमा आकर्षित हुने गरेका छन् । गत वर्षदेखि सुरु भएको स्काई साइक्लिङमा रमाउनेमा भारतीय पर्यटकको सङ्ख्या बढेको हो । फूलबारीमा स्काई साइक्लिङ सुरु भएको करिब एक वर्षमै २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङ गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले स्काई साइक्लिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङको अनुभव लिएको बताउनुभयो ।
टेन्डर भएको एक दशकपछि सडक कालोपत्रे
गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रे गरिएको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडकको अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गा (सिस्नेहार) सम्मको सडक झन्डै एक दशकपछि कालोपत्रे गरिएको हो । पटक पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।
हावाहुरीले विद्युत् सेवा अवरुद्ध
गए राति आएको हावाहुरीका कारण नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।
पञ्चेबाजा जोगाउँदै महिला
धुर्कोट गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित तीन वडामा १० दिने पन्चैबाजा तालिम सञ्चालन गरेको छ । तालिममा विद्यार्थी र महिलाको सहभागिता रहेको थियो । धुर्कोट गाउँपालिका–७, वाग्लाकी दीपा परियारले १० दिने तालिमले पन्चैबाजा बजाउन सिकिएको र यसलाई व्यावसायिक रूपमा लैजाने बताउनुभयो । उहाँका अनुसार १० दिन मात्र पन्चैबाजा बजाउने तालिम अपुग हुन्छ । यो बाजा धेरै किसिमबाट बजाउन सकिन्छ । वाग्लाकै तुल्सा परियारले सनई बजाउनुहुन्छ । गाउँपालिकाले केही समयअघि वडा नम्बर १ स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा पन्चैबाजा प्रशिक्षण दिएको थियो । वडा नम्बर ३, हाडहाडेका जनजाति महिलालाई पनि पन्चैबाजा तालिम दिइएको थियो ।
एक लाखबाट सुरु भएको डेरीको पुँजी पचास लाख
बाँकेको कोहलपुर–११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गर्नुभएको डेरी उद्योगको लगानी हाल ५० लाख रुपियाँ पुगेको छ । दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकका रूपमा काम गर्दैगर्दा २०७४ सालमा एक लाख रुपियाँको लगानीमा कोहलपुर–१० मा ए वन डेरी सञ्चालन गरेका पौडेलको डेरीको लगानी पुँजी अहिले ५० लाख पुगेको छ ।
शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता
“बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।” यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।