स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) बाँकेका प्रमुख नेताहरूले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जिल्लाका समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ ।
हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण
प्युठानको गौमुखी गाउँपालिका-५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
कृषि सहकारीमार्फत् छाडा चौपायाको व्यवस्थापन
शिवराजमा छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि सडकमा छाडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको छ । शिवराज नगरपालिका-९ को बिजगौरीमा छाडा छोडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो ।
बुद्धको मूर्तिसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले प्राचीन बुद्धको मूर्तिसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।
बर्सेनि फर्किन्छ भवन बनाउन आएको रकम
पाल्पा अस्पतालको भवन निर्माणका लागि आएको रकम हरेक वर्ष फिर्ता हुने गरेको छ । विगत तीन वर्षदेखि अस्पताल निर्माणका लागि आएको करोडौँ रकम फिर्ता हुने गरेको हो । भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसक्दा आएको रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८/७९ देखि लगातार भवन निर्माणका लागि रकम विनियोजन हुने गरेको छ तर तीन वर्षदेखि रकम फिर्ता हुँदै आएको पाल्पा अस्पताल प्रशासनले जनाएको छ । भवन निर्माण गर्न जग्गा व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारबाट भवन निर्माणका लागि विनियोजन भएको रकम फिर्ता हुने गरेको पाल्पा अस्पताल प्रशासन शाखाका प्रमुख सुशील ज्ञवालीले बताउनुभयो ।
तरकारी बिक्री गरेर घर फर्किदै महिला
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अमृतटोलमा रहेको तरकारी बिक्री केन्द्रमा तरकारी बिक्री गरेर घर फर्किदै स्थानीय थारु महिला ।
कृषि पेसाबाट थारुलाई डेढ लाख आम्दानी
नेपालमै कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु ।
सामुदायिक वनसमूहद्वारा लघु उद्यम कार्यक्रम सञ्चालन
बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
सत्यवती गाउँपालिकाका उत्कृष्ट १६ कृषक सम्मानित
सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाद्वारा वडासहित कर्मचारी सम्मानित
गुल्मीको मदाने गाउँपालिकाबाट वडा नम्बर-१ र कर्मचारी सम्मानित भएका छन् ।
१३ किलो अफिमसहित तीन पक्राउ
दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।
बाढीले विद्यालयमा क्षति
गुल्मीको चन्द्रकोट गाउँपालिका-८, कालिकागाउँस्थित बालविकास आधारभूत विद्यालयमा बाढीले क्षति पुर्याएको छ ।
तुलसीपुर-अमिलिया सडक कालोपत्रे
दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड मर्मत हुन थालेको छ ।
वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै 'सामी' परियोजना
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको 'सामी' परियोजना प्रभावकारी बनाउन कपिलवस्तुमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बजेट अभावले अस्पताल निर्माणको काम ठप्प
जानकी गाउँपालिकाका स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिनका लागि जानकी गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पतालको निर्माण कार्य गत पाँच महिनादेखि बजेट अभावमा रोकिएको छ ।
‘हाइ-मास्ट लाइट’ जडानले तम्घास बजार उज्यालो
गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ ।
ज्येष्ठ नागरिकको मन भुलाउन ‘मिलन केन्द्र भवन’ स्थापना
नेपालगन्ज उपमहानगरपालिका-१२ मा रहेका ज्येष्ठ नागरिकहरुलाई मन भुलाउनका लागि ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ निर्माण गरिने भएको छ।
चट्याङ लागेर २ जनाको मृत्यु
कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।
ओझेलमा मन्ठोरिया मन्दिर
दाङको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्ठोरिया भवानी मन्दिर ओझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा रहेको मन्ठोरिया भवानी मन्दिरको संरक्षणसँगै प्रचारप्रसार नहुँदा बर्सौंं पुरानो धार्मिक सम्पदा ओझेलमा परेको हो । मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःखकष्ट हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । सोही जनविश्वासका कारण पूजापाठसँगै माघी पर्वमा मन्ठोरिया मन्दिरमा तीन दिनसम्म मेलासमेत लाग्ने गर्दछ । स्थानीय गोविन्द चौधरी माघीसँगै मन्दिरमा मानिसलाई दुःखकष्ट परेका बेला, मनोकामना पूरा गर्नका लागि पूजाअर्चना हुने गरेको बताउनुहुन्छ । मानिसलाई दुःखकष्ट परेका बेला भाकल गर्ने गरिए पनि मन्दिरमा दैनिक रूपमा पूजापाठ भने
गाउँघरमा हराउँदै चौताराका छलफल
एक समय थियो, जुन समयमा गाउँघरमा प्रशस्तै मात्रामा बरपिपलका चौतारा हुने गर्दथे । ती चौतारा सार्वजनिक रूपमा सभा, सम्मलेन, भेला तथा बैठक गर्नका लागि परिचित थिए । बढ्दो सहरीकरण, आधुनिकीकरण तथा विकासका नाममा जथाभाबी सडक खन्ने क्रममा मासिँदा अहिले ती चौतारा कमै मात्रामा देख्न पाइन्छ, अझभन्दा लोप नै हुने अवस्थामा पुगेका छन् । चौतारामा गरिने सभा, सम्मेलन, भेला तथा बैठक त अहिलेका पुस्ताले देख्नसमेत पाउन छाडेका छन् । नेपालीको मौलिक संस्कृति बोकेका बरपिपल रुखका चौतारा लोप हुँदै जाने क्रिमसँगै त्यहाँ गरिने सभा, सम्मेलन, भेला तथा बैठक पनि हराउँदै जान लागेका हुन् ।
भारतीय पर्यटक कोइलावासमा
दायाँबायाँ हरिया डाँडाका बिचमा उर्लंदै बगिरहेको कोइलाबास खोला उर्लँदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन ।
विद्युत पोल ढल्ने डरले स्थानीय त्रसित
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चौवन्नमा विद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडि आएको हावाहुरीले क्षति पुराउँदा बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।
डेंगु नियन्त्रण गर्न महिला स्वास्थ्यकर्मी परिचालन गरिँदै
बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । वर्षायाममा धेरै हुने डेंगु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियान सुरु भएको छ ।