• १६ असार २०८१, आइतबार

हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

blog

बिमल प्रसाद पोख्रेल

प्युठान, असार १३ गते । प्युठानको गौमुखी गाउँपालिका-५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

विपद्को समयमा उद्धारका लागि पालिकाको उपयुक्त स्थान पहिचान गरी निर्माण सम्पन हेलिप्याड १९ नम्बर बाहिनी अड्डाका बाहिनी पति सहायक रथी भुवनपूर्ण सत्याल द्वारा पालिका अध्यक्ष विष्णुकुमार गिरीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ता, जिल्ला प्रहरी कार्यालय, सशस्त्र बल, जिल्ला अनुसन्धान, स्थानीय जनप्रतिनिधि,पालिका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।

पालिका अध्यक्ष विष्णुकुमार गिरीले हेलिप्याड तत्कालै प्रयोगमा नआएपनि विपत्तिको बेलामा राहत र उद्धारका सहज हुने बताउनुभयो । बाढी पहिरोको हिसाबले उच्च जोखिममा रहेका गौमुखी गाउँपालिका भित्रका विभिन्न बस्ती तथा बर्खायाममा विपतको रेड जोनमा रहेको मुख्य सडक खण्ड मच्छि ठुलाबेशि अवरुद्ध हुनगएमा वैकल्पिक उपाय विपत्तिका बेला कुनै थिएन अब केही सहज हुने अध्यक्ष गिरीले बताउनुभयो ।

हेलिप्याड निर्माणमा प्राविधिक सहयोग गरेकोमा बर्द बहादुर गणका गणपति प्रमुख सेनानी रमेश थापा लगायत निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय जग्गादाताहरूलाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गर्नुभएको छ।