सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ
असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस बर्ष ढिला गरेर बर्षा हुँदा रोपाइमा ढिलाइ भएको हो ।
एसइईको नतिजा कमजोर हुँदा चिन्ता बढ्यो
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला चिन्तित बनेका छन् । भर्खरै सार्वजनिक गरिएको एसइईको नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला निकाय चिन्तित बनेका हुन् । जिल्लामा २५ वटा सामुदायिक र एक निजी विद्यालय गरी २६ वटा माध्यमिक विद्यालय छन् । जसमा साधारण धारतर्फ ९६५ जना र प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले एसइई दिएका थिए शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले भन्नुभयो । जसमा साधारण धारतर्फ २४६ जना अर्थात् २५.४९ प्रतिशत उत्तीर्ण हुँदा ७१९ जना अर्थात् ७४.५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात् ४७.३७ प्रतिशत उत्तीर्ण हुँदा ३० जना अर्थात् ५२.६३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको प्रमुख गौतमले बताउनुभयो ।
आकर्षक बन्दै लखन पार्क
घोराही उपमहानगरपालिका–१४ मा रहेको प्रथम सहिद लखन थापा पार्क पछिल्लो समय व्यवस्थितसँगै आकर्षक बन्दै गएको छ । पार्कमा बस्नलाई बेन्च, बिजुली, पानी, शौचालयदेखि ‘सेल्फी जोन’ लगायतका पूर्वाधार निर्माण भएपछि लखन पार्क आन्तरिक पर्यटनको केन्द्र बन्न थालेको छ ।
सोह्र वडा प्रसूति सेवायुक्त घोषणा
बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिततासम्बन्धी मापदण्ड २०८० अनुसार बुटवलका १९ मध्ये १६ वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएका हुन् । सोमबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले आगामी वर्ष सबै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्ने बताउनुभयो । नगरप्रमुख पाण्डेयले वडामा रहेका सहरी स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवालाई स्तरीय बनाउँदै लगेको बताउँदै छिटै नै बुटवल १३ र १७ मा स्थापना भएका अस्पताल भवनबाट जनरल अस्पताल र फिजियोथेरापी सेवा सुरु गर्ने बताउनुभयो ।
दुध उत्पादन बढाउन किसानलाई पाडी वितरण
बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरु गरेको हो । जस अनुसार आइतबार बुटवल–१२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरेको बताउनुभयो । उहाँले वितरण गरिएका पाडीको बिमा गरी किसानलाई उपलब्ध गराएको बताउनुभयो ।
बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाही, दुई करोड ४४ लाख जरिवाना
बाँकेमा चालु आर्थिक वर्ष २०८०/०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गरिएको छ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता
भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सव
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले स्वदेशमै अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना गरेको बताउनुभएको छ।
गोठी खोलाले बगाउँदा महिलाको मृत्यु
तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।
लेकमा गोठालाको रमाइलो
रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को खारा लेकमा भैँसी चराउँदै गोठाला । रुकुमपूर्वका लेकमा असारदेखि भदौको पहिलो हप्तासम्म गाईभैँसी, भेडाबाख्रा गोठालाको रमझम हुने गर्दछ ।
‘पढ्दै, कमाउँदै’ विद्यार्थी
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सृष्टि रेग्मी खेतमा धान रोप्दै गरेको अवस्थामा भेटिनुभयो । रेग्मी आफ्नो खेतमा नभएर विद्यालयको खेतमा धान रोपिरहेको अवस्थामा भेटिनुभएको हो ।
रोल्पा जिप दुर्घटना : एकै वडाका ६ जनाको मृत्यु
रोल्पामा सोमबार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जना एकै वडाका छन् । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ ।
पाक्दै गरेको चैते धान
गुल्मीको इस्मा गाउॅपालिका–१ अन्तर्गत छल्दी नदी किनारको खेतमा पाक्दै गरेको चैते धान ।
क्षयरोगका १७४ नयाँ बिरामी भेटिए
बाँकेको कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा कोहलपुरमा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् ।
वर्षा नहुँदा रोपाइँमा ढिलाइ
आकासे पानी कुर्नुपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । गत वर्ष यही समयमा ३० प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष भने हालसम्म नौ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ ।
ढकमक्क कमलको फूल
दाङको घोराही उपमहानगरपालिका ८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल ।
रोपाइँमा गाइन छाडे असारे भाका
राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ ।
‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।
रोल्पामा जिप दुर्घटना हुँदा सातको मृत्यु, ८ घाइते
रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । माडी गाउँपालिका–२ घर्ती गाउँबाट वडा नं.४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाँके डेंगु सङ्क्रमणको उच्च जोखिममा
पश्चिम नेपालको केन्द्र तथा भारतसँग सीमाना गाँसिएको बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो ।
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ ।
भन्सार छली ल्याएका ३८ लाख बढीको कपडा बरामद
भन्सार छलेर भारतबाट नेपालगन्जमा लुकाएर भण्डारण गरिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा कपडा बरामद गरेको छ ।
दाङमा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता, ११ महिनामा ९२ जनाको मृत्यु
जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारीरुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो ।