राप्ती नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा सूचना जारी
दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
बाढीमा ट्याक्टर फस्दा एकको मृत्यु
दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका –५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।
गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध
गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लगातार वर्षाका कारण शनिबार यस जिल्लाका विभिन्न स्थानका सडकहरु अवरुद्ध भएका छन् ।
अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुल्यो
सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेको हटाएपछि शनिबार बिहान ११ बजेदेखि सडक सुचारु भएका प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले जानकारी दिनुभयो ।
सुनचाँदीका गहनासहित युवा पक्राउ
भन्सार छलेर नेपाल भित्र्याइदै गरेको सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सडक विस्तारमा ध्यान नदिँदा गाउँ नै अन्धकार
गुल्मीमा सडक विस्तारमा उचित ध्यान नदिँदा विद्युतको हाइटेन्सनको पोल पहिरोको जोखिममा परेको छ । पोलको उचित व्यवस्थापन नगरी सडक विस्तार गरेका कारण हुँगा फिडरका करिव दुई हजार घरधुरी शनिबार बिहानैदेखि लाइनविहीन छन् ।
राप्तीमा फसेकामध्ये एक बेपत्ता, दुईको उद्धार
दाङमा लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले एक जना बेपत्ता भएका छन् । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार गरिएको छ । एक जना वेपत्ता हुनुभएको छ ।
व्यावसायिक तरकारी खेती
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् ।
तानसेन–तम्घास सडक अवरुद्ध
रातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
गोटिहवास्थित अशोक स्तम्भ डुबानमा
कपिलवस्तुको गोटिहवामा अवस्थित क्रकुछन्द बुद्धको जन्मस्थल वर्षातको समयमा सधै डुबनमा पर्ने गरेको छ। अशोक स्तम्भ भएको ठाउँमा पानी निस्कने निकास नभएपछि हरेक वर्ष डुबान हुने गरेको हो।
जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, रायढुङ्गामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर – ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक घाइते हुनुभएको हो ।
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।
तटबन्ध निर्माण नहुँदा बाढी पस्ने त्रासमा स्थानीय
तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् ।
अशक्त दयारामको जीवन : कामदारदेखि मालिकसम्म
३५ वर्षीय दयाराम अधिकारी बाँकेको कोहलपुर नगरपालिका –११ न्यूरोडस्थित अरुण टेलर्सको मालिक हुनुहुन्छ । उहाँको शरीरको कम्मरभन्दा मुनिको भाग चल्दैन । ह्विलचियरको साहाराले उहाँ हिँडडुल गर्नुहुन्छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि एमालेले लियो अग्रसरता
लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ ।
बँधिया भाले पाल्ने किसानलाई अनुदान
दाङको राप्ती गाउँपालिकाले बँधिया (बन्ध्याकरण) गरिएको भाले पाल्ने किसानलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले साना किसानलाई हौसला बढाउन पहिलो पटक बँधिया भाले पाल्ने किसानलाई बार्षिक रुपमा प्रतिभाले एकसय रुपियाँका दरले अनुदान उपलव्ध गराउन थालेको हो ।
एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान
पाल्पाको रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, बाट ४ जीपीए ल्याउन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले सम्मान गरेको हो ।
छत्रकोटले निःशुल्क पशु चिकित्सा पढाउने
गुल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सा विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
सडक निर्माणमा ढिलासुस्ती, ठेक्का तोड्ने प्रक्रिया सुरु
दाङमा हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जले सडक निर्माण तथा कालोपत्रे गर्ने काममा ढिलाइ गर्ने ठेकेदारसँग ठेक्का प्रक्रिया तोड्ने जनाएको छ । हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको वनघुर्सीदेखि गढवासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि आयोजना ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको हो । सडक विस्तारसँगै कालोपत्रेको काम सक्ने गरी ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न हुन सकेन । २
शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने
प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि वडाले यस्तो जुक्ती निकालेको हो।
पावर टिलरले धानरोप्न तयारी गर्दे किसान
गुल्मीमा मिनिटिलरको सहायताले खेत जोत्दै कृषक । जिल्लामा पछिल्लो समय गाउँमा गोरू पाल्न छाडेपछि खेतबारी जोत्नका लागि कृषकले आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन्।
एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता
लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
७० प्रतिशत अनुदानमा छ सय विद्युतीय चुलो वितरण
कालीगण्डकी गाउँपालिकामा छ सय विद्युतीय चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा छ सय विद्युतीय चुलो वितरण गरेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।