• १९ असोज २०८१, शनिबार

सुनचाँदीका गहनासहित युवा पक्राउ

blog

पक्राउ परेका भारतको महाराजगन्ज नौतनुवाका बर्मा । तस्बिर : जिप्रका रुपन्देही

कपिल ज्ञवाली
सिद्धार्थनगर, असार २२ गते ।
भन्सार छलेर नेपाल भित्र्याइदै  गरेको सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सात तोला १० लाल ७ प्वाइन्ट सुनका गहना र आठ किलो चाँदीका गहनासहित भारतको महाराजगन्ज जिल्ला नौतनुवास्थित कुरहवाका उपेन्द्र बर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा भारतमा गहना बनाएर नेपाल भित्र्याइदै गरेको आशङ्कामा बर्मालाई पक्राउ गरिएको हो ।

बरामद गहनासहित बर्मालाई आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।