शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर २७ गते । दाङको लमहीस्थित एक होटलमा अवैध हतियार पड्किँदा एक जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा होटल रोयल प्लेसमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होटल सरसफाइ गर्ने क्रममा एसीमाथि राखिएको पेस्तोल देखेपछि चलाउने प्रयास गर्दा अचानक हतियार पड्किएको हो । घटनामा गौतमको औँलामा चोट लागेको छ ।
घटनापछि प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । होटलबाट एक थान अवैध हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।यसअघि अघिल्लो हप्ता शनिबार पनि दाङको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।