सेज ऐन कार्यान्वयन नहुँदा आकर्षण देखिएन
उद्योगीहरूले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन नहुँदा समस्या देखिएको बताएका छन् ।
परीक्षा प्रणाली सुधार गर्दा नतिजा खस्कियो : नगर प्रमुख आचार्य
बाँकेको कोहलपुर नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयले विक्रम संवत् २०८० सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । कोहलपुर नगरपालिकामा संस्थागत र सामुदायिक गरेर ३८ वटा विद्यालय छन् ।
गाईपालनमा रमाएकी शारदा
कोहलपुर नगरपालिका-१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आउनुभएको छ ।
बाँकेबाट एसईईको पूरक परीक्षामा छ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने
सरकारले एनजी ल्याएका सबै विद्यार्थीलाई माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेबाट छ हजार ३०३ विद्यार्थीले सहभागि हुन पाउने भएका छन् ।
फरार प्रतिवादी पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली
बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श
बाँकेको कोहलपुरमा निबन्धकार मोमिलाको ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श कार्यक्रम गरिएको छ ।
डेङ्गु नियन्त्रण गर्न महिला स्वास्थ्यकर्मी परिचालन गरिँदै
बुटवल उपमहानगरपालिकाले डेङ्गुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । बर्खायाममा धेरै हुने डेङ्गु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियानसमेत सुरु भएको छ । बर्खायाम सुरु भएसँगै एडिस जातको लामखुट्टे सक्रिय हुने र टोकाइबाट डेङ्गु रोग सर्ने भएकाले नियन्त्रणका लागि बुटवल उपमहानगरले स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरणसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
अविवाहितलाई निर्वाह भत्ता
गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ । पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपियाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । निर्वाह भत्ता प्राप्त गर्नेमा महिला १६ र पुरुष १८ जना छन् । सोही कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिने नीति तथा कार्यक्रम रहेको उहाँको भनाइ छ ।
विपत् न्यूनीकरणको पूर्वतयारी
रुपन्देहीका पालिकाहरूले विपत्जन्य घटना न्यूनीकरण गर्न पूर्वतयारी थालेका छन् । मौसमविद्हरूले यो वर्ष भीषण वर्षा हुने पूर्वानुमान गरेकाले रूपन्देहीका पालिकाहरूले विपत्जन्य घटना नियन्त्रण तथा न्यूनीकरण गर्न बजेटमै कोष व्यवस्था गरेर तयारी थालेका हुन् । बुटवल उपमहानगर, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिकालगायत गैहहवा, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिकलगायतका पालिकाहरूले विपत्जन्य घटना न्यूनीकरण गर्न पूर्वतयारीदेखि तालिमका कार्यक्रम गरिरहेका छन् ।
मोही बनाउँदै वृद्ध
रुकुमपूर्व सिस्ने गाउँपालिका–२ खारा लेकको एक गोठमा मही बनाउँदै वृद्ध । गोठमा यसरी नै मोही बनाएर घ्यु सङ्कलन गरी विक्री गर्ने गरिन्छ । हिजो आज गाई भैँसी र चौँरी पालन लोप हुँदै गएको छ ।
डाइभर्सन नबन्दा सवारी सञ्चालनमा समस्या
दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।
दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै
दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।
बबई नदीले बगाउँदा बेपत्ता महिला मृत फेला
दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा बुधबार बिहान बेपत्ता हुनुभएको १९ वर्षीया सृजना चौधरी दिउँसो मृत फेला पर्नुभएको हो ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दश लाख बढीको अवैध सामान बरामद
भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ ।
तोप चराको गुँड
दाङको घोराही उपमहानगरपालिका-३ स्थित वनखेतका स्थानीयको घरमा तोप चराले बनाएको आकर्षक गुँड ।
बाँकेमा दस प्रतिशत मात्र रोपाइँ
बाँकेमा दस प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष जिल्लामा ढिला वर्षा सुरु भएकोले अहिले मात्रै सबै ठाउँमा ब्याड राख्ने काम सकिएको र रोपाइँ पनि सुरु भएकोले दस प्रतिशत मात्रै रोपाइ हुन सकेको बताउनुभयो ।
युवक हत्यामा संलग्नमाथि कारबाहीको माग
युवासंघ रुपन्देहीले बुटवलमा चक्कु प्रहारबाट स्थानीय रवि थापाको मृत्यु भएपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
बाँकेमा डेंगुका बिरामी बढ्दै
बाँके जिल्लामा डेंगु रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनीमा १५ जना नगर प्रहरी दीक्षित
लुम्बिनी सांस्कृतिक नगरपालिकाले छनोट गरेका १५ जना नगर प्रहरी दीक्षित भएका छन् । नगर प्रहरीका लागि सञ्चालन भएको तालिम पूरा भएपछि उनीहरुलाई दीक्षित गरिएको हो । उनीहरूलाई रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले हेडक्वाटरले आधारभूत तालिम प्रदान गरेको थियो ।
बाँकेका आठवटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा
बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै
ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिनुभयो ।
सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ
असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस बर्ष ढिला गरेर बर्षा हुँदा रोपाइमा ढिलाइ भएको हो ।
एसइईको नतिजा कमजोर हुँदा चिन्ता बढ्यो
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला चिन्तित बनेका छन् । भर्खरै सार्वजनिक गरिएको एसइईको नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला निकाय चिन्तित बनेका हुन् । जिल्लामा २५ वटा सामुदायिक र एक निजी विद्यालय गरी २६ वटा माध्यमिक विद्यालय छन् । जसमा साधारण धारतर्फ ९६५ जना र प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले एसइई दिएका थिए शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले भन्नुभयो । जसमा साधारण धारतर्फ २४६ जना अर्थात् २५.४९ प्रतिशत उत्तीर्ण हुँदा ७१९ जना अर्थात् ७४.५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात् ४७.३७ प्रतिशत उत्तीर्ण हुँदा ३० जना अर्थात् ५२.६३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको प्रमुख गौतमले बताउनुभयो ।