• २२ असार २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

जानु पाण्डे
कपिलवस्तु, असार १९ गते । 
कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय वर्ष २२ को सन्तोष बिक हुनुहुन्छ । दुर्घटनामा परी घाइते हुनुभएको विकको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, दुर्घटनामा घाइते हेमराज बुढामगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।