मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यालामा तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनी ट्रक दुर्घटना हुँदा चालक महेश थापाको मृत्यु भएको हो ।
आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
ठेक्का सम्झौताको सात वर्षसम्म पनि बनेन पुल
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण ठेक्का सम्झौताको सात वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको पुलको दुई वटा पिल्लर मात्र ठडिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, गिधनियास्थित तुईखोलामा पुल निर्माणका लागि २०७४ सालमा २०७६ असोज मसान्तमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।
बाँकेमा चट्याङले दुई महिलाको मृत्यु
बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।
पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन जनाको उद्धार
रुकुममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण पहिरोमा परेर एक जनाको मृत्यु भएको हो। अन्य तीन जनाको उद्धार भएको छ।
अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ
अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्ये असारसम्म ४५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
बाँकेमा २५ प्रतिशत रोपाइँ
बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू
गढवा गाउँपालिका-५ खजरौटामा आमा समूह गठन भएको तीन वर्ष भयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो
शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
दाङमा तीनदेखि अवरुद्ध सडक खुलाउन पहिरो हटाइँदै
तीन दिनदेखि अवरुद्ध घोराही–मुर्कुटी–प्युठान सडक खुलाउनका लागि पहिरो हटाउने कार्य भइरहेको छ । अविरल वर्षाका कारण शनिबार पहिरो खस्दा घोराही–मुर्कुटी–प्युठान सडक अवरुद्ध हुन पुगेको थियो ।
जयन्दु बाल सुधार गृहमा फेरि विवाद : चार घाइते, दुई बालबन्दी फरार
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा फेरि बालबन्दीहरु बिच कुटपिट भएको छ । सो कुटपिटबाट चार जना बालबन्दी घाइते भएका छन् ।
राप्तीपारीका गाउँमा विद्युत अवरुद्ध
राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।
महिलाको शव फेला
पाल्पामा एक महिलाको शव फेला परेको छ ।
पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन घाइते
रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
तिलोत्तमामा माइक्रो दुर्घटना : आठजना घाइते
रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
स्वास्थ्यकर्मीले बोक्दा स्थानीय रमिते
स्वास्थ्यकर्मीको सेवा स्वास्थ्य संस्थामा वा बाहिर पनि ? उत्तर पक्कै बाहिर पनि भन्ने नै आउँछ । अनि बाहिर जाँदा स्वास्थ्य सरोकारकै अथवा अरू ? यसमा पनि स्वास्थ्य सरोकारकै भन्ने आउँछ तर प्युठा
लोपोन्मुख जातिलाई तीन सय बाख्रा वितरण
बाँकेका लोपोन्मुख तथा अति पिछडिएका विभिन्न जातजातिका समुदायलाई आर्थिक समृद्धिका लागि आयआर्जन गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ
कालीगण्डकी कोरिडोर अवरुद्ध
कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कोरिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरूमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।
कोहलपुरका तीन हजार घर डुबानको उच्च जोखिममा
बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।
दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण
नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
मानव अधिकार संरक्षणमा एम्नेष्टीको चर्चा
एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको ३५ औँ साधारण सभामा सो संस्थाको योगदानको चर्चा गरिएको छ ।
डुडुवा नदीको बाढीमा युवक बेपत्ता
बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरूषको खोजी कार्यलाई तिव्र पारिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेलेजनाएको छ ।
दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते
दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो ।
विपत् प्रभावित सर्वसाधारणको उद्धार जारी
अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण पहाडी जिल्ला बढी प्रभावित भएका छन् । तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । पहिरोमा परी ज्यान गुमाउनेको खोजतलास र पीडितको उद्धार भइरहेको प्रदेश सरकारले जनाएको छ । राहत तथा पुनस्र्थापना कार्यमा जोड दिइएको छ ।