रुकुम पूर्व, असार २५ गते। रुकुममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण पहिरोमा परेर एक जनाको मृत्यु भएको हो। अन्य तीन जनाको उद्धार भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही ठाउँको सल्ली बिसैनी घर भएर दल्ली गैरा गोठमा सुती रहेको अवस्थामा पहिरो जाँदा ७ वर्षीय सङ्गम बुढाको मृत्यु भएको हो। पहिरोमा पर्नुभएका ४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीय गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाइते हुनुहुन्छ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्व, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाएका थिए।