डुडुवा नदीको बाढीमा युवक बेपत्ता
बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरूषको खोजी कार्यलाई तिव्र पारिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेलेजनाएको छ ।
दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते
दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो ।
विपत् प्रभावित सर्वसाधारणको उद्धार जारी
अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण पहाडी जिल्ला बढी प्रभावित भएका छन् । तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । पहिरोमा परी ज्यान गुमाउनेको खोजतलास र पीडितको उद्धार भइरहेको प्रदेश सरकारले जनाएको छ । राहत तथा पुनस्र्थापना कार्यमा जोड दिइएको छ ।
पहिरो खस्दा घोराही–सैघा सडक अवरुद्ध
दाङमा पहिरो खस्दा घोराही–मसिना–सैघा सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षाका कारण घोराही उपमहानगरपालिका –१८ र १९ को सिमा अम्धारा सडकमा पहिरो खस्दा सडक अवरद्ध हुन पुगेको सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले जानकारी दिनुभयो ।
बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा
तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन्। राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन्।
रातभर राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार
बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार उद्धार भएको छ।
पहिरो खस्दा अर्घाखाँचीको सडक अवरुद्ध
लगातारको तीन दिनको अविरल वर्षाले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ । वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतबार बिहानदेखि अवरुद्ध भएको हो ।
बबई नदीको पुल भत्कियो, हिँडडुल गर्न बन्द
दाङमा लगातार परेको अविरल बर्सातका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ ।
राप्तीमा बेपत्ता दुईजनाको शव फेला
शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
तानसेन–बुटवल सडक खण्ड अवरुद्ध
सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि तानसेन–बुटवल सडक खण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको बर्सातका कारण तानसेन–८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहान ६ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर महिलाको मृत्यु
पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–६, गोठादी माहिलाचउरकी ६८ वर्षीय रीमासरा राना रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले धेरै ठाउँमा क्षति, सडक अवरुद्ध
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती जोखिममा परेका छन् । घोराही समाचारदाताका अनुसार दाङका विभि
मेयर सवार गाडी भासियो सबै सकुशल
दाङको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो।
पहिरोले दुई घर पुरिए, तीन जोखिममा
अविरल वर्षाले पाल्पामा दुई घर पहिरोले पुरिएका छन् भने तीन घर पहिरोको जोखिममा छन्। शुक्रबार बेलुकीदेखि परेको वर्षाले जिल्लाको बगनासकाली–६, यम्घास्थित टारीमा दुई घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
बाँकेको डुडुवा १ का सय परिवारलाई सुरक्षित स्थानमा सारियो
अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी बाँकेका गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
राप्ती नदी किनारामा दाउरा सङ्कलन गर्नेको भिड
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ ।
राप्तीको बाढी बाघखोर पस्यो, गाउँ जोखिममा
दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो ।
घरभित्र पसेको भल
गएरातिदेखि भएको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल ।
अविरल वर्षातले ठाउँ–ठाउँमा क्षति, जिल्लाभरका सडक अवरुद्ध
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित बनेको छ । वर्षातले पहिरो खस्दा शनिबार बिहानैदेखि जिल्लाका राजमार्ग तथा सहायक मार्गहरू अवरुद्ध बनेका छन् ।
भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु
दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीको दुर्घटनामा मृत्यु भएको छ । क्याम्पस प्रशासन शाखामा कार्यरत कर्मचारी सन्तोष योगीको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा एक घाइते
गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते हुनुभएको छ । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–३, थानपती ठाँटीपौवास्थित अन्दाजी ४५ वर्षीया रुपा टमाटा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कुवेत लैजाने भन्दै भारत पुर्याइएका ६ महिलाको उद्धार
रुपन्देही प्रशासनले भारतबाट उद्धार गरिएका ६ जना महिलालाई आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आफन्तलाई बोलाएर उद्धार गरिएका महिलाहरूलाई जिम्मा लगाइएको हो ।
गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।