• १९ असोज २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

blog

दिवाकर पोख्रेल 

देउखुरी, असार २२ गते । दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीको दुर्घटनामा मृत्यु भएको छ ।  क्याम्पस प्रशासन शाखामा कार्यरत कर्मचारी सन्तोष योगीको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको हो । 

क्याम्पसबाट काम गरेर फर्कँदै गर्दा भालुवाङ नजिकै ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको क्याम्पस क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले जानकारी दिनुभयो ।  शवलाई भालुवाङ अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । वर्षातका कारण अत्यधिक पानी परेपछि  दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।