• १९ असोज २०८१, शनिबार

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

blog

पहिरो । फाइल तस्बिर

गुल्मी, असार २२ गते । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो । रासस