• १९ असोज २०८१, शनिबार

खोलाले बगाएर महिलाको मृत्यु

blog

रेखीराम राना

तानसेन, असार २३ गते । पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–६, गोठादी माहिलाचउरकी ६८ वर्षीय रीमासरा राना रहेको प्रहरीले जनाएको छ । 

शनिवार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ् खोलाले बगाएर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

चिर्तुङ् खोलाले बगाएको थाहा पाएपछि महिलाको खोजी गर्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल खोलाको छेउमा शव भेटिएको उहाँले बताउनुभयो ।