ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी
तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ ।
चिस्यान केन्द्र कतै निर्माणाधीन, कतै सञ्चालनमा
पाल्पामा कतै चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणाधीन छन् भने कतै सञ्चालनमा छन् । तानसेनको बाघखोरमा एघार वर्षदेखि चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।
रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।
बाढीपहिराे पीडितलाई नौ लाखभन्दा बढी राहत वितरण
जिल्लामा विपद् बाट क्षति भएका परिवारलाई नौ लाखभन्दा बढी राहत वितरण गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो ।
बैङ्कर बन्ने सपना छोडेर नर्स बनेका अभिषेक
झट्ट सुन्दा पुरुष स्टाफ नर्स छन् भन्दा अझै पनि धेरैले अचम्म मान्छन् । नर्स भन्ने बित्तिकै सबैजसोले महिला स्वास्थ्यकर्मी नै भन्ने बुझ्छन् ।
बाढीका कारण विद्युत् सेवा अवरुद्ध
राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा
विपस्ना केन्द्र परिसरमा वृक्षरोपण
मखनटोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडामा वृक्षरोपण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगर सभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो ।
कटान र पहिरोको चपेटामा राहुघाट र गलेश्वर
रघुगंगा नदीको बाढी, कटान र पाखोबाट आउने पहिरोको चपेटामा परेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ मा पर्ने राहुघाट बस्ती ।
पाल्पामा ६० प्रतिशत रोपाइँ सम्पन्न
पाल्पामा हालसम्म धान खेती हुने भूभागमध्ये ६० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका धेरैजसो स्थानमा रोपाइँ भएको हो ।
मोहर्रम पर्व शान्तिपूर्ण ढङ्गले मनाउन जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ ।
लेन अनुशासन पालना गराउन जनचेतनामूलक अभियान
सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि रुपन्देहीमा लेन अनुशासन पालना गराउन जनचेतनामूलक अभियान थालिएको छ ।
बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)
राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याइ छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।
मानव बेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला
जिल्लाको जानकी गाउँपालिकाका महिला मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् ।
बाँके पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीलाई संयुक्त रूपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो ।
बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन
तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।
खोलापारि विद्यालय, वारि पढाइ
वर्षासँगै बढेको शिरखोलाले घोराही उपमहानगरपालिका–१२ मा रहेको श्री प्राथमिक विद्यालय हापुर पेदा जोखिममा परेको छ । हापुर खोलाले धार परिवर्तन गरेर विद्यालय क्षेत्रतिर गएकाले कतिबेला विद्यालय बाढीले बगाउने भन्ने चिन्ता थपिएको छ ।
नेपालगन्ज उपमहानगरको बजेट पारित
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ । शनिबार बसेको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठकले असार १० गते पहिलो बैठकमा प्रस्तुत आर्थिक वर्ष ०८१/८२ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट० सर्वसम्मत पारित गरेको हो ।
नदी कटानका कारण जोखिममा हरदौनावासी
विगत केही दिनदेखि भएको वर्षाका कारण कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १० हरदौना गाउँ जोखिममा परेको छ । वाणगंगा नदीको कटानका कारण हरदौनाका बासिन्दा त्रसित बनेका हुन् ।
घोराहीमा भानु जयन्ती मनाइयो
दाङमा साहित्यकारले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरेर २११ औँ जयन्ती मनाएका छन्।नेपाली साहित्य, भाषामा खेल्नुभएको भूमिका स्मरण गर्दै घोराही उपमहानगरपालिका-१५ भानु चोकमा रहेको आदिकवि आचार्यले तस्बिरमा टीका, माला अर्पण गरेर मनाएका हुन् ।
खेती गर्ने समयमा मल खोज्दै किसान
पानी परेपछि जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ ।
अदालती फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नागरिक अधिकार र सार्वजनिक सरोकारका मुद्दामा अदालत संवेदनशील रहेको भन्दै अदालती फैसला कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
नगदसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा
अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।