• २० असोज २०८१, आइतबार

पहिरो खस्दा अर्घाखाँचीको सडक अवरुद्ध

blog

पहिरो पन्छाउँदै सशस्त्र प्रहरी । तस्बिर : गणेश खनाल

गणेश खनाल

अर्घाखाँची,असार २३ गते । लगातारको तीन दिनको अविरल वर्षाले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ । वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतबार बिहानदेखि अवरुद्ध भएको हो । 

अवरुद्ध रहेको गोरुसिङ्गे–सन्धिखर्क सडक नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेसिभी मेसिनहरू र स्थानीय बासिन्दाको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुने र खुल्नेक्रम चलिरहेको स्थानीयले बताएका छन् ।

सन्धिखर्क नगरपालिका –६ दहखोला र बहोखरमा पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार बिहान १० बजेदेखि फेरि सञ्चालन गरिएको वडा अध्यक्ष श्रीधर महत्राले बताउनुभयो । 

सडक खुले पनि जोखिम कायमै छ, सडक अवरुद्ध भइरहने स्थान रहनुभएका वडाध्यक्ष महत्राले बताउनुभयो । यात्रा गर्दा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादुर खत्रीको आग्रह छ । 

चालु आर्थिक वर्षमा नै मुख्य सड्कको डबल कटिङ्ग गरी सडक चौडा गराइएका कारण धेरै ठाउँमा जोखिम भएको खत्रीले बताउनुभयो । जिल्लाको लाइभलाइन भएकाले पनि जोखिमबिचमा जेसिभी मेसिन मात्र नभई सशस्त्र प्रहरी तैनाथ अवस्थामा राखिएको उहाँले बताउनुभयो । 

पानी परिरहेको छ, ठाडाका अराज बेल्वासेले भन्नुभयो, ‘सितखोला पनि उर्लिएको छ, प्रहरीसँग बुझेर मात्र यात्रा गर्दा राम्रो हुन्छ ।’ घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी रूपमा खोलिएको छ । 

लगातार वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । पानी पर्नेक्रम जारी छ ।  सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक पनि अधिकांश ठाउँमा पहिरो गएका कारण अवरुद्ध छ । 

वर्षाका कारण निगाली, दमार, पटौटी लगायतका ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ग्रामीण भेगमा जाने अधिकांश सडकहरू भत्किएका छन् । अर्घाखाँचीबाट पाल्पा, प्युठान र गुल्मी जाने सडकहरू ठाउँ–ठाउँमा पहिरोले भत्किएको प्रहरीले जनाएको छ ।