• १९ असोज २०८१, शनिबार

बबई नदीको पुल भत्कियो, हिँडडुल गर्न बन्द

blog

लिलाधर वली

घोराही, असार २३ गते । दाङमा लगातार परेको अविरल बर्सातका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ । 

दंगीशरण गाउँपालिका वडा नं. १ को रहरपुर र वडा नं. ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं १ रहरपुरतिरको पुलको पिलर बगाई पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीका अनुसार शनिवार साँझ नदीमा आएको बाढीले पुललाई अड्याउने पिलरमा क्षति गरेको छ । बाढीले पुलमा क्षति गरेपछि उक्त झोलुङ्गे पुल भएर हिँडडुल गर्न बन्द गरिएको छ । पुलमा बाढीले क्षति गरेपछि स्थानीयलाई हिँडडुलमा समस्या भएको छ । 

बबई नदीमा आएको बाढीले क्षति गरेको झोलुङ्गे पुल । तस्बिर: गोरखापत्र