• २३ असार २०८१, आइतबार

ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श

blog

मोमिलाको ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक कार्यक्रममा सहभागीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २० गते । बाँकेको कोहलपुरमा निबन्धकार मोमिलाको ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श कार्यक्रम गरिएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा निबन्धकार मोमिलाको ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले निबन्धमा कविताको स्वाद र कवितामा निबन्धको छनक मोमिलाको लेखकीय विशेषता भएको बताउनुभयो । उहाँले यस्ता निबन्ध सङ्ग्रहको आफ्नै विशेषता हुने गरेको पनि बताउनुभयो । 

सो निबन्ध सङ्ग्रहमाथि साहित्यकार पुष्कर रिजालले समीक्षा गर्नुभएको थियो भने अर्का साहित्यकार सागर गैरेले पाठकीय टिप्पणी गर्नुभएको थियो । उहाँहरुले मोलिलाका हरेक निबन्धमा दर्शन भेटिने जनाउँदै मोमिलाका कविता सुन्न, निबन्ध पढ्न र कुरा बुझ्न बौद्धिकता प्रयोग नगरी सुखै नभएको बताउनुभयो । अनुभवले खारिएको मनबाट लेखनमा पोखिएको कलमले जीवन र जगतको कथा निकै मीठो तरिकाले पोखेको उहाँहरुको टिप्पणी थियो । 

यस्तै पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जान र पुस्तकालयका सचिव एकराज शर्मालगायतले पनि निबन्ध सङ्ग्रह बारे आआफ्नो भनाइ राख्नुभएको थियो ।