संसदीय समितिको टोली गौतमबुद्ध विमानस्थलमा
प्रतिनीधि सभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवा पुगेको छ ।
गँड्यौला मल उत्पादन सुरु
रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौला मल उत्पादन सुरु गरिएको छ ।पछिल्लो समय रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्न धुर्कोट आर्गनिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको छ ।
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।
दुध उत्पादन बढाउन पाडी वितरण
बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण सुरु गरेको हो ।
गुल्मीमा लिची उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनमा यस वर्ष लिची उत्पादनमा कमी आएको छ ।
कानुन अभावमा काम गर्न समस्या : मन्त्री केसी
दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् ।
पत्रकार डा. धिताल सम्मानित
बाँकेका पत्रकार डा. डक्तप्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा. धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
शिक्षण सिकाइ कार्यको अनुगमन
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले विभिन्न विद्यालयको अनुगमन गरेको छ ।
दाङमा आमा साक्षरता अभियान
त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जानसक्ने भएको बताउनुहुन्छ ।
उमेशले गरे खुट्टाले लेखेरै एसइई उत्तीर्ण
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मदुवाका १८ वर्षीय उमेश खत्री शारीरिक रूपमा अशक्त हुनुहुन्छ । उहाँको दुई वटै हातले कुनै पनि काम गर्न सक्दैन । खुट्टा पनि सामान्य अवस्थामा छैन ।
‘एक घर, एक धारा’ निर्माण गरिँदै
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण गरिने भएको छ । आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ । पालिकाका पाँच वडाका करिब दुई हजार घरधुरीलाई लक्षित गरी आयोजना सुरु गरिएको छत्रदेव गाउँपालिकाले जनाएको छ । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत ‘एक घर, एक धारा’ निर्माण गरिने भएको हो । बिडारी निर्माण सेवाले ३० करोड २२ लाख रुपियाँको लागतमा २०७९ चैत १ गते ठेक्का लिएको थियो ।
बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी
दाङमा लागुपदार्थ दुर्व्यसनको दलदलमा फसेका झन्डै तीन सय जनाको उपचार भइरहेको छ । जिल्लाका १३ वटा पुनस्र्थापना केन्द्रमा २९५ उपचाररत छन् । चालु आर्थिक वर्षको असार महिनासम्म ५६६ जना उपचार गरेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले बर्सेनि जिल्लामा लागुऔषध अपराधका मुद्दा बढ्दो क्रममा रहेको देखाएको छ । २०७६/०७७ मा ३४ वटा लागुऔषध अपराधमा मुद्दा दर्ता भएकोमा २०७७/७८ मा त्यो सङ्ख्या बढेर ३९ पुग्यो । २०७८/७९ मा झन् बढेर ५९ पुग्यो भने २०७९/८० मा पनि ५९ वटा लागुऔषध अपराधका मुद्दा दर्ता भए । चालु आवमा हालसम्म ४५ वटा मुद्दा दर्ता भएका छन् ।
निःशुल्क शिविर कुर्नुपर्ने बाध्यतामा नरैनापुरवासी
बाँकेको दुर्गम र अति नै पिछडिएको मानिने नरैनापुर गाउँपालिकाका अधिकांश जनताले अझै पनि राम्रो उपचार सेवा पाउन निःशुल्क स्वास्थ्य शिविर नै कुरेर बस्नुपर्ने बाध्यता छ । गाउँपालिकामा रहेको अस्पताल र स्वास्थ्य केन्द्रहरूले स्तरीय सेवा नदिँदा पालिकाका अधिकांश जनताले कि त रोग लुकाएर बस्नुपरेको छ कि बेला बेलामा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू कुरेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
बोलबम मन्दिर नयाँ स्वरूपमा
पश्चिम नेपालको पशुपतिनाथ भनेर परिचित रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको ऐतिहासिक पर्रोहा परमेश्वर बोलबम धाम मन्दिरले नयाँ स्वरूप पाएको छ । मन्दिरको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएसँगै मन्दिर मनमोहक र आकर्षक देखिएको छ । सङ्घीय सरकार र सैनामैना नगरपालिकाको पहलमा पर्रोहा परमेश्वर बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले मन्दिरको गुरुयोजना बनाएर पहिलो चरणको काम सम्पन्न भएको बताउनुभयो ।
फुट्कीको व्यापार बढ्यो
बाँकेको जङ्गलतिर अहिले फुट्की च्याउ खोज्न जाने स्थानीयहरुको भीड लाग्नेगरेको छ । पानी परेपछि फुट्की खोज्न जङ्गलतिर जाने स्थानीयको भीड लाग्ने गरेको छ ।
‘देशैभर कानुनका जनशक्ति आवश्यक’
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले देशैभर कानुनका जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।
गुडिरहेको अटोबाट खसेर एकको मृत्यु
दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन
नेपालगन्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
परीक्षणका लागि १० हजार अलैँचीका बिरुवा रोपिने
गुल्मीमा अलैँचीका १० हजार बिरुवा परीक्षणका लागि रोपिने भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले पहिलो पटक जिल्लामा परीक्षणका लागि अलैँची विकास केन्द्रबाट १० हजार बिरुवा ल्याई परीक्षणका लागि रोपण गर्न लागिएको कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो । फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ ।
सरकारी तथा गैर सरकारी कार्यालयद्वारा प्रगति विवरण पेश
बाँकेको सरकारी तथा गैर सरकारी कार्यालय र सङ्घ संस्थाले आफ्नो वार्षिक कार्य प्रगति विवरण्म प्रस्तुत गरेका छन् ।
एकै दिन एक लाखभन्दा बढी बिरुवा रोपियो
लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका एक लाख पाँच हजार ५६२ बिरुवा रोपिएको जानकारी दिनुभयो ।
अटेरी गर्ने क्रसर उद्योगलाई ताकिता
उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन अटेरी गर्ने राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेर ताकिता गरिएको छ । यसअघि दुई पटक पत्र काटेर उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन जानकारी गराउँदा उद्योगहरूले मौज्दात प्रमाणित नगराई अटेरी गरेकाले तेस्रो पटक पत्र काटेर ताकिता गरिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।