• १८ असार २०८१, मङ्गलबार

गुडिरहेको अटोबाट खसेर एकको मृत्यु

blog

लीलाधर वली

घोराही, असार १६ गते । दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । खैरा–कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खस्दा घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी ६० वर्षीय वसन्तबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको हो ।

खैराबाट कोठरी जाँदै गरेको अटोबाट खसेर घाइते हुनुभएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।