• १९ असोज २०८१, शनिबार

बाढीमा ट्याक्टर फस्दा एकको मृत्यु

blog

दिवाकर पोखरेल

देउखुरी, असार २२ गते । दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका –५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।

वडा अध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार रहेका थिए। खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको जनाइएको छ।

दुई जना सकुशल रहे पनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो। ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको छ।