• १९ असोज २०८१, शनिबार

राप्तीमा फसेकामध्ये एक बेपत्ता, दुईको उद्धार

blog

राप्ती नदीमा फसेकाको उद्धार गर्दै सुरक्षाकर्मीको टोली ।

लीलाधर वली

घोराही, असार २२ गते । दाङमा लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले एक जना बेपत्ता भएका छन् । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार गरिएको छ । एक जना वेपत्ता हुनुभएको छ । 

राजपुर गाउँपालिका –२ निवासी किसान दुध विक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फस्नुभएको थियो । तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए । 

रुखमा चढेकालाई नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।  

उहाँका अनुसार राजपुर गाउँपालिका –२ का ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उहाँहरुसँगै रहनुभएका १८ बर्षीय राजकुमार यादवलाई राप्ती नदीको बाढीले बगाएर बेपत्ता बनाएको प्रहरी सहायक निरीक्षक ढकालले जानकारी दिनुभएको छ । बेपत्ता यादवको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।