• २३ असार २०८१, आइतबार

७० प्रतिशत अनुदानमा छ सय विद्युतीय चुलो वितरण

blog

विद्युतीय चुलो लिए पश्चात सामुहिक तस्बिर लिदैँ हर्मिचौरका स्थानीय ।

तिलाचन पाण्डे

तम्घास, असार २० गते । कालीगण्डकी गाउँपालिकामा छ सय विद्युतीय चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा छ सय विद्युतीय चुलो वितरण गरेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । 

पालिका भित्रका नागरिकहरूलाई एलपी (खाना पकाउने) ग्यास भन्दा विद्युतीय चुलो सस्तो पर्ने भएकाले ३० प्रतिशत उपभोक्ताको लगानीमा चुलो वितरण गरिएको हो । पालिका भित्रका सात वटै वडा मार्फत चुलो वितरण गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । चुलो लिँदा उपभोक्ताले ३० प्रतिशत अर्थात् एक हजार १०८ रुपियाँ भुक्तान गर्नुपर्ने हुन्छ । 

चुलो लिनका लागि इच्छुकले नागरिकताको प्रतिलिपीसहित स्वंयम उपस्थित हुनुपर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर एकका सामाजिक परिचालक मनिका बस्यालले बताउनुभयो । उहाँका अनुसार वडाबाट चुलो वितरण गर्ने कार्य जारी छ । 

विद्युतीय चुलोको प्रयोगमा खाना पकाउने ग्यास भन्दा सस्तो पर्ने, समयको पनि बचत हुने उपभोक्ता विष्णु पाण्डेले बताउनुभयो । पछिल्लो समयमा विद्युतीय चुलो प्रयोग गर्नका लागि सरकारले लिएको नीति र विद्युतको सहजता भएकाले पनि आफूले विद्युतीय चुलो लिएको उहाँको भनाइ छ ।