• १९ असोज २०८१, शनिबार

अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुल्यो

blog

राधा नेपाली
सन्धिखर्क, असार २२ गते ।
निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुलेको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेको हटाएपछि शनिबार बिहान ११ बजेदेखि सडक सुचारु भएका प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले  जानकारी  दिनुभयो ।

घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरको छ ।

वर्षात भने रोकिएको छैन । जिल्लाका ग्रामीण सडकहरुमा पनि पहिरो गएकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय पालिकाहरु अनुरोध गरेका छन् ।