भेरी अस्पतालमा ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
७० घरका अग्निपीडितलाई आर्थिक सहयोग
गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्निपीडितलाई सात लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत बैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
७५ परिवारलाई त्रिपाल वितरण
बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशलाई दिएको समर्थन समाजवादी पार्टीले फिर्ता लियाे
समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
खडेरीले पिउने पानीदेखि ब्याड हुर्काउन समस्या
लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा समस्या भएको छ । लामो खडेरीले पानीका मुहान सुकेसँगै धान लगाउने किसानले खेती गर्न पाएका छैनन् । धानको ब्याड हुर्काउन समेत पानीकै अभावमा समस्या भएको किसानको गुनासो छ । लमही नगरपालिका–६ का किसान दोलबहादुर चौधरीले कुलोमा पानी नहुँदा खानेपानीको धाराबाट सामान्य छम्केर ब्याड हुर्काउने अवस्था रहेको बताउनुभयो ।
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।
खोलाले बगाएर एकको मृत्यु
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको छल्दी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रविधिको सदुपयोग गरे समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले विज्ञान र प्रविधिको क्षेत्रमा विकास भएको सिप र क्षमतालाई सही रुपमा प्रयोग गर्न सके देशको समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ।
राप्तीले भत्काएको तटबन्धको निरीक्षण
बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन।
संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ : पूर्वप्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ ।
ज्येष्ठ र अशक्त नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या
बाँकेको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँका ६१ वर्षीय शेरबहादुर बुढा प्यारेलाइसिसको रोगी हुनुहुन्छ । उहाँ उठबस गर्न, हिँडडुल गर्न तथा बोल्नसमेत सक्नुहुन्न । शुक्रबार करिब १२ः३० बजे बुढा जिल्ला प्रशासन कार्यालय बाँकेको ढोका अगाडि भुईँमा सुतेको अवस्थामा हुनुहुन्थ्यो ।
एकीकृत समाजवादी बाँकेद्वारा महाधिवेशन प्रतिनिधि छनोट
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँकेले १० औँ महाधिवेशनका लागि १९ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।
सत्ता समीकरण बदलिने सम्भावना छैन : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो।
कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ
सुरुङ खनेर कपिलवस्तु कारागारबाट फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुलमिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन् । कारागारबाट २०६६ साल माघ २ गते स्कुलसहित आठ जना सुरुङ खनेर फरार भएका थिए ।
सत्तासमीकरण २०८४ सालसम्म निरन्तर : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले २०८४ सम्म नै सत्तासमीकरण यथावत् रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्नुहुँदै महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो ।
गाउँपालिकामा बाँदर आतङ्क
बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो सङ्ख्यामा आएका बाँदरका कारण स्थानीयहरू आतङ्कित बनेका छन् ।
नेपाल र अंग्रेज युद्धलाई सम्झाउने जितगढी किल्ला (फोटो फिचर)
तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला ऐतिहासिक स्थल हो । यतिबेला यो किल्लाको मुहार बदलिएको छ । वीरताको प्रतिकका रूपमा रुपन्देहीको जितगढी किल्ला चीर परिचित छ ।
कपिलवस्तुको समयमाई मन्दिर (फोटो फिचर)
प्राचीनस्थल जुन कपिलवस्तुको दक्षिण पूर्व वडा न २ मा पर्ने ऐतिहासिक एवं प्राचीनस्थल लमतिया। यही ऐतिहासिक स्थलको एक किनारमा रहेको छ समयमाईको मन्दिर। माटोको ५ वटा थुम्कालाई नै समयमाई मानेर भक्तजनहरू पूजा अर्चना गर्दछन्। यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरूले चढाएको माटो र सिमेन्टले बनेका साना तथा ठुला हात्तीहरू रहेका छन्।
बजेट समावेशी नभएको प्रदेश सभा सदस्यको गुनासो
लुम्बिनी प्रदेश सभा सदस्यले सरकारले प्रस्तुत गरेको बजेट र राजस्व सङ्कलनको अनुमान मिल्दो नरहेको टिप्पणी गरेका छन् । प्रदेश सरकारले राजस्व सङ्कलनको वास्तविक अवस्थाभन्दा दोब्बर राजस्व सङ्कलनको लक्ष्य राख्ने र घाटा बजेट बनाएको बताउँदै प्रदेश सभा सदस्यले त्यसका कारण योजना कार्यान्वयनमा चुनौती थपिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कोहलपुरमा बारुद विस्फाेट
बाँकेको कोहलपुरमा बारुद्ध विस्फाेट भएको छ । कोहलपुर नगरपालिका ९ मा गए राति माटोमुनि दबिएर रहेको अवस्थामा बारुद आफै विष्फोट भएको हो । विष्फोट भएको स्थानमा ठूलो खाडल बनेको छ ।
बाँकेमा लागूऔषध नियन्त्रण अभियान
भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्न निगरानी समूह बनाउन आवश्यक
लैङ्गिक हिंसा न्यूनीकरणका लागि निगरानी समूह बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
योगप्रति बढ्दै आकर्षण
नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारिरीक मानिसक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगमा लाग्नुभएको छ ।