• १४ असार २०८१, शुक्रबार

खोलाले बगाएर एकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, असार ८ गते । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको छल्दी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रबार मुसिकोट नगरपालिका १ अरेवास्थित ससुराली गएका सामत शनिबार दिउँसो करिब २ः३० बजेको समयमा छल्दी खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

मृतक सामतलाई खोलाले बगाएर करिब ५०० मिटर तल रेसुङ्गा नगरपालिका वडा १४ बडिगार्ड जुमईमा पुगाएको थियो । मुसिकोट नगरपालिका वडा ७, दोभानका स्थानीयले माछा मार्ने क्रममा मृत शव देख्नासाथ प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।